ज्योतिपुञ्ज साकोसको २८२ जनामा अर्बवढी लगानी

ज्योतिपुञ्ज साकोसको २८२ जनामा अर्बवढी लगानी :: Sahakari Akhabar

काठमाडौं । नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले २८२ जना सदस्यमा १ अर्बवढी लगानी गरेको छ । संस्थाका जम्मा २८२ जना ऋणी सदस्यमा १ अर्ब ४ करोड २९ लाख २१ हजार १६३ रुपैंयाँ ऋण लगानी रहेको जनाएको छ ।

संस्थाले प्रकाशन गरेको चैत्र महिनाको वित्तिय विवरण अनुसार संस्थामा ४ हजार १२७ जना सदस्य रहेका छन् । संस्थामा ८ करोड ६३ लाख ४ हजार ६ सय शेयर पूँजी तथा १ अर्ब१ करोड ३२ लाख ८९ हजार ९२७ रुपैंयाँ बचत रहेको जनाइएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा ११ करोड ५४ लाख ५१ हजार १०८ रुपैंयाँ तथा १७ लाख ९८ हजार २१ रुपैंयाँ विभिन्न कोषमा रहेको प्रकाहित विवरणमा उल्लेख छ ।

त्यसैगरी संस्थाको कूल पूँजी १२ करोड ४४ लाख ६२ हजार १९५ र कूल सम्पति १ अर्व ३५ करोड ८१ लाख १४ हजार ६११ रहेको छ भने संस्थामा १९.६६ प्रतिशत अर्थात १९ करोड ९२ लाख ५४ हजार ६७७ रुपैंयाँ तरलता रहेको जनाइएको छ । संस्थाका कुमारीपाटी, लुभु ललितपुर र गोठाटार काठमाडौंमा सेवाकेन्द्र रहेका छन् ।  
 



Leave a comment