काठमाडौं । खुल्ला विश्वविद्यालयका भिजिटिङ्ग संकायका डा. रमेश वैद्यले सहकारी क्षेत्र सुरक्षित र व्यवस्थित नभएकाले यस क्षेत्रमा काम गर्न युवा पुस्ता आकर्षित नभएको बताएका छन् । उनले युवा पुस्ता विदेश जाने क्रम बढेकाले पनि दक्ष कर्मचारी पाउन मुस्किल भएको बताएका हुन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस सिईओ वर्कसपमा सहकारी क्षेत्रमा मानव संशाधन व्यवस्थापन सम्बन्धी मुद्दाहरु र आगामी कार्यदिशा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले बैंक तथा वित्तीय संस्था र सरकारी उच्च तहमा काम गर्ने कर्मचारी समेत विदेश जाने क्रम बढेर गएको बताए ।
उनले सहकारी क्षेत्र सुरक्षित र व्यवस्थित नभएकाले यस क्षेत्रमा काम गर्न युवा पुस्ता आकर्षित नभएको उनले जनाए । बजार बदलिएको भन्दै उनले सहकारी संस्थाले आधुनिक प्रविधि र मानव संशाधन विकासमा ध्यान दिन नसक्दा कर्मचारी आकर्षित नभएको जनाए ।
पढे लेखेका र दक्ष जनशक्तिले समेत राम्रो सेवा सुविधा नपाउँदा विदेश जाने क्रम बढेको उनको भनाई छ । यो विषयमा अव पोलिसी लेवलमा नै छलफल गर्न आवश्यक रहेको उनले बताए ।
सहकारीका कतिपय सञ्चालकले संस्थामा जम्मा भएको बचत अपचलन गर्ने गरेका कारण कर्मचारीलाई मुख देखाएर, आइडी कार्ड लगाएर बजारमा जान समेत समस्या भएको उनको भनाई छ ।
सहकारीमा तरलता व्यवस्थापन मुख्य समस्या भएको भन्दै उनले कतिपय सहकारी दैनिक रुपमा अर्बौ रुपैयाँ कारोबार गर्ने गरेको उनले बताए ।
अर्बौ कारोबार गर्ने संस्थाहरु घर जग्गामा गरेको लगानी, उधोग धन्दा बन्द र युवा पुस्ता विदेश गएकाले बन्द हुन पुगेको उनले जनाए । कर्मचारीहरु प्रविधिमत्री हुन नसकेको भन्दै उनले सफ्टवेयर सञ्चालन गर्ने कर्मचारी नभएको जनाए
विदेशमा डलर युरोमा तलब पाउने भन्दै नेपालमा भने समय सापेक्ष रुपमा सेवा सुविधा दिन ननसकेको वेधको उनको भनाई छ । उनले महिला सहकारी संस्थाले सञ्चालन गरेको संस्था राम्रो रहेको बताए ।
उनले ती सहकारी संस्थामा खराव कर्जाको अनुपात कमि रहेको भन्दै शहरमा खुलेका केही सहकारी संस्था वित्तीय अनुशासनमा सञ्चालन नहुँदा यस क्षेत्रप्रति कर्मचारीको आकर्षण नभएको बताए ।
Leave a comment