काठमाडौं । प्रथम बागमती प्रदेश सहकारी सम्मेलनमा सहभागीताका लागि आवेदन दिने समय थप भएको छ । सम्मेलनमा सहभागिता जनाउन संघले पाँच दिनको समय थप गरेको हो । संघले यसअघि सम्मेलनमा सहभागी हुन फागुन मसान्तसम्मको समय समय राखेको थियो ।
संघले आज सूचना प्रकाशित गरि सदस्य संघ संस्थाको सहजताको लागि चैत्र ५ गतेसम्म सयम थप गरिएको जनाएको छ । सदस्य संघ संस्थाबाट सम्मेलनमा सहभागी हुने समय थप गर्न माग गरेकाले ५ दिनको लागि नाम दर्ताको समय थप गरिएको व्यवस्थापक रुपक घिमिरेले जानकारी दिए ।
प्रथम बागमती प्रदेश सहकारी सम्मेलन भएकाले प्रदेशभरी रहेका सबै प्रकृतिका सहकारी संघ संस्थालाई सम्मेलनमा सहभागी गराउने लक्ष्य संघले लिएको छ, उनले भने । सम्मेलनमा स्थानीय, प्रदेश र संघीय सरकारका सहकारी हेर्ने निकाय समेतको सहभागितामा नीति नियममा बहस तथा छलपल हुने छ भने सहकारी मार्फत उत्पादन भएका वस्तुहरु समेत प्रदर्शनीमा राखिने छ ।
प्रदेशमा रहेका सबै प्रकृतिका सहकारी संस्थालाई सम्मेलनमा सहभागी हुन संघले आग्रह गरेको छ । मूलुक संघियतामा गएपछिको पहिलो सम्मेलन भएकाले यस अघि आयोजना भएका सम्मेलन भन्दा फरक रहने संघले जनाएको छ ।
Leave a comment