काठमाडौं । कृषिकर्जामा ब्याज अनुदानकालागि सहकारी बैंक र कोशी प्रदेशको सहकारी मन्त्रालय बिच सम्झौता भएको छ । राष्ट्रिय सहकारी बैंक र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय बीच वित्तीय संस्था मार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनका लगि सम्झौता भएको हो ।
“कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१” बमोजिम बैंक र वित्तीय संस्था तथा सहकारी संस्था मार्फत ब्याज अनुदान कार्यक्रममा सहभागीताका लागि चालु आर्थिक वर्षमा ४५ करोड रुपैयाँ न्युनतम ब्याजदरमा कर्जा परिचालन गर्ने गरि सम्झौता भएको हो ।
मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि सहकारी बैंकका तर्फबाट कोशी प्रदेश कार्यालयका प्रमुख प्रभु पोखरेल र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तर्फबाट महाशाखाकी प्रमुख डा.दीपा दिवालीले हस्ताक्षर गरेका छन् ।
उक्त रकम सहकारी बैंकले कोशी प्रदेश अन्तर्गतका शाखाहरूबाट कोशी प्रदेशमा सञ्चालनमा रहेका १४ जिल्लाका कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुमा चालु आर्थिक वर्षमा परिचालन गरिने जनाइएको छ ।
Leave a comment