काठमाडौं । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले करिव १५ हजार सदस्यलाई ऋण लगानी गरेको छ । संस्थाले प्रकाशन गरेको पछिल्लो वित्तिय बिवरण अनुसार १४ हजार ९५३ जना सदस्यलाई ऋण लगानी गरेको हो ।
संस्थाले उक्त सदस्यमा ३ अर्ब ७३ करोड २५ लाख १९ हजार ऋण लगानी रहेको जनाएको छ । संस्थामा ५८ हजार २७ जना सदस्य रहेका छन् । ४२ वटा सेवाकेन्द्र रहेको संस्थाको कूल सम्पति ४ अर्ब ४८ करोड ५१ लाख ७५ हजार रहेको छ । संस्थाको पुष मसान्तसम्म ५३ करोड २० लाख ७२ हजार ९०० रुपैंयाँ सेयर पूँजी तथा १५ करोड ४६ लाख ६९ हजार जगेडा कोष र १५ करोड ५५ लाख ३ हजार रुपैंयाँ अन्य कोषमा रहेको छ।
त्यसैगरी संस्थामा ३ अर्ब १४ करोड ५२ लाख १७ हजार बचत र १७ करोड ६६ लाख ६५ हजार संस्थागत पूँजी रहेको जनाइएको छ । संस्थामा ५७ करोड ४९ लाख ३५ हजार तरलता अर्थात १८.२८ प्रतिशत तरलता रहेको संस्थाका प्रमुख कार्याकारी अधिकृत कुमार याक्सोले जनाइएका छन् ।
Leave a comment