हाइलाइट

सहकारीका कर्मचारीले सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुन रजिष्टारको निर्देशन

सहकारीका कर्मचारीले सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुन रजिष्टारको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । सहकारी संघसंस्थामा कार्यरत कर्मचारीले सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुन कोशी प्रदेश सहकारी कार्यालयले निर्देशन जारी गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले सूचना जारी गरी सहकारीका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध भइ योगदान गर्न भनेको हो । सूचनामा कार्यालयको नियमन क्षेत्राधिकार भित्र पर्ने सहकारी संघसंस्थाहरुले यथाशिघ्र सामाजिक सुरक्षा योजनामा आवद्ध हुन सहकारी रजिष्टार कार्यालयले सूचना जारी गरेको छ ।

सामाजिक सुरक्षा कोष, शाखा कार्यालय, विराटनगरको पत्रानुसार यस कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघसंस्थाहरुमा कार्यरत श्रमिक (कर्मचारीहरु) योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध नभएको देखिएको हुँदा श्रम ऐन, २०७४ को दफा ५२(२) र ५३(२) तथा श्रम नियमावली, २०७५ को नियम २२ र २३ बमोजिम कोषमा आवद्ध भै अनिवार्य योगदान रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेकाले सूचना जारी गरिएको सहकारी रजिष्ट्रार हरिबहादुर खत्रीले जनाए ।



Leave a comment