हाइलाइट

बागमती प्रदेश सहकारी सम्मेलनमा सहभागिताकालागि यहाँ स्क्यान गर्नुहोस्

बागमती प्रदेश सहकारी सम्मेलनमा सहभागिताकालागि यहाँ स्क्यान गर्नुहोस् :: Sahakari Akhabar

सहभागिताका लागि यहाँ स्क्यान गर्नुहोला

काठमाडौं । बागमती प्रदेश सहकारी संघले प्रथम बागमती प्रदेश सहकारी सम्मेलन गर्दैछ । बागमती प्रदेश सहकारी संघले आयोजना गर्ने सम्मेलनलाई प्रदेश सरकारले पनि सहयोग गर्ने भएको छ । ललितपुरको हेरिटेज गार्डेन होटलमा चैत ८ र ९ गते दुईदिन आयोजना गर्ने सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मी र स्थानीय निकायका प्रतिनिधिहरुको सहभागिता गराउने भएको छ ।

सहकारीको संख्यासंगै समस्या पनि धेरै भएको प्रदेश भएकोले सवै सरोकारवालाहरु लाई एकै ठाउँमा राखेर समाधानका उपाए खोज्न सम्मेलन आयोजना गर्न लागिएको संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले बताउँछन् ।

प्रथम बागमती प्रदेश सहकारी सम्मेलन किन ?

- बागमती प्रदेशमा अधिक संख्यामा रहेका सहकरी संघसंस्थाहरूको वर्तमान समस्या समाधान गरि सहकारी क्षेत्रलाई अन्य क्षेत्रहरू जस्तै सामान्य अवस्थाको निर्माण गरी हजारौ सदस्यहरूको करोडौँ बचत रकमको सुरक्षाको मार्ग पहिचान गर्न ।
- सहकारी मार्फत उत्पादन र उद्यमशीलता विकासका लागि निर्वाह गर्न सक्ने भूमिकाको विषयमा गहन छलफलको माध्यमबाट निष्कर्ष निकाल्नका लागि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
- नेपालको सहकारी अभियानको उपलब्धीहरुलाई संस्थागत गर्दै आगामी कार्यदिशा तय गरी दिशानिर्देश गर्नको लागि सम्मेलनले मार्ग प्रदान गर्नेछ ।
- सहकारी क्षेत्रका वर्तमान समस्या समाधान गर्न सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिहरूबिच वृहत छलफल गरी साझा रणनीति तय गर्न ।
- उत्पादन, प्रशोधन तथा बजारीकरणमार्फत सहकारीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न ।
- सहकारी अभियान तथा सरकारको तहगत संरचनामा सहकारीको विकास र प्रवद्र्धनका लागि समन्वयका क्षेत्रहरू निर्धारण गरि सहजता ल्याउन ।
- सहकारी नियमनको वर्तमान अवस्था र भावी कार्यदिशाको बारेमा गम्भीर मन्थन गर्न ।

बागमती प्रदेश सहकारी सम्मेलन के हो ?

- स्थानिय, प्रादेशिक र केन्द्रीय दृष्टिकोणबाट सरकार, सहकारी र सरोकारवाला निकायका प्रतिनिधिहरूको सघन सहभागितामा प्रत्येक पाँच वर्षको अन्तरालमा केन्द्रीय र प्रादेशिक सहकारी अभियानको समकालिन अवस्था विश्लेषण गरी समय सान्दर्भिक कार्यदिशा तय गर्ने साझा थलो ।
- सहकारी अभियानको सुदृढीकरणका लागि वर्तमान मुद्रा तथा चुनौती उपर अर्थपूर्ण छलफल मार्फत समाधानका लागि मार्गनिर्देश गर्ने उच्च स्तरीय प्रादेशिक मञ्च 
- सरकार र सहकारी अभियानका बिचमा रहेका समस्याहरूको पहिचान गरि सहकार्य मार्फत समाधान खोजि गर्ने मञ्च

सम्मेलन पश्चात के हुन्छ ?

- सहकारी प्रदर्शनी मार्फत वस्तुहरूको वजारीकरणमा अभिवृद्धि ।
- स्थानिय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासहरूको लेखाजोखा सहितको दिर्घकालिन सिकाई ।
- सहकारीका वर्तमान समस्या समाधानका लागि संयुक्त प्रयासको शुरुवात ।
- सहकारी अभियानप्रतिको विश्वसनियतामा वृद्धि भई सकारात्मक छवि निर्माण ।
- सहकारी संघसंस्था संचालनमा स्वनियमन तथा सुशासनको प्रवद्र्धनका लागि जनचेतना तथा सीप अभिवृद्धि
- घोषणापत्र तथा कार्यदिशा मार्फत सहकारीका न्यूनतम साभा नीति तथा कार्यक्रमहरूको पहिचान ।



Leave a comment