हाइलाइट

पोखरा रोयल सहकारीमा दशहजार सदस्यको २ अर्ब बचत

पोखरा रोयल सहकारीमा दशहजार सदस्यको २ अर्ब बचत :: Sahakari Akhabar

काठमाडौं । बुद्धचोक पोखरामा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा दशहजार बढी सदस्य आवद्ध भएका छन् । संस्थामा आवद्ध दशहजार १७५ जना सदस्यको झण्डै २ अर्ब बचत पुगेको छ ।

संस्थाले प्रकाशन गरेको पछिल्लो बिवरण अनुसार १ अर्ब ९८ करोड ३६ लाख २१ हजार रुपैंयाँ बचत रहेको जनाइएको छ । संस्थाले प्रकाशन गरेको माघ महिनाको बित्तिय बिवरणमा १ हजार २३८ जना ऋणी सदस्यमा १ अर्ब ६९ करोड ८२ लाख ६ हजार रुपैंयाँ ऋण लगानी रहेको जनाइएको छ ।

त्यसैगरी संस्थामा १५ करोड २७ लाख ६ हजार शेयर पूँजी, २१ करोड १७ लाख जगेडा कोष र १२ करोड ४० लाख २१ हजार अन्य कोष रहेको जनाइएको छ । त्यसैगरी २१ करोड ३० लाख ७४ हजार संस्थागत पूँजी रहेको संस्थामा २ अर्ब ५५ करोड २९ लाख ३६ हजार कूल सम्पति रहेको छ ।

संस्थामा माघ मसान्तसम्म ३८.६५ प्रतिशत तरलता अर्थात ७६ करोड ६६ लाख २५ हजार तरलता रहेको संस्थाका सूचना अधिकारी मिलन ढकालले जनाएका छन् । संस्थाका दुलेगौंडा तनहुँ, भण्डारडिक तथा मोहरिया कास्कीमा समेत सेवाकेन्द्र रहेका छन् ।



Leave a comment