हाइलाइट

नेचुरल सहकारीका ४१२ सदस्यलाई झण्डै १० लाख राहत बितरण

नेचुरल सहकारीका ४१२ सदस्यलाई झण्डै १० लाख राहत बितरण :: Sahakari Akhabar

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले सदस्य राहतका लागि झण्डै १० लाख रुपैंयाँ बितरण गरेको छ । संस्थाले सदस्यहरु लाई विभिन्न राहत शिर्षकमा ९ लाख ९७ हजार ३१९ रुपैंया बितरण गरेको हो ।

संस्थाले प्रकाशन गरेको पछिल्लो बित्तिय बिवरण अनुसार सदस्यहरुको स्वास्थ्य उपचार, सुरक्षित मातृत्व, मृत्यु संस्कार तथा जन्म सस्कार सेवा बापत उक्त राहत रकम बितरण गरेको जनाइएको छ । संस्थाबाट स्वस्थ्य उपचार सुविधा १५२ जना, सुरक्षित मातृत्व सेवा २५ जना, मृत्यु संस्कार राहत ८ जना र जन्म संस्कार राहत २२७ जना गरि ४१२ जनाले राहत सेवा पाएको संस्थाले जनाएको छ ।

संस्थामा १४ हजार १०९ जना सदस्य रहेका छन् भने १ हजार २९१ जना ऋणी सदस्य रहेका छन् । त्यसैगरी संस्थाको माघ महिनाको बिवरण अनुसार १६ करोड ४३ लाख ८७ हजार शेयर पूँजी, १२ करोड २९ लाख ४७ हजार जगेडा कोष र १३ करोड ६२ लाख ७७ हजार अन्य कोष रहेको जनाइएको छ ।

संस्थामा १ अर्ब ९० करोड ८४ लाख ९७ हजार बचत तथा १ अर्ब ८८ करोड ९३ लाख ३३ हजार रुपैंयाँ लगानीमा रहेको जनाएको छ । त्यसैगरी १२ करोड ३८ लाख २३ हजार संस्थागत पूँजी रहेको संस्थाको २ अर्ब ८० करोड ७७ लाख २७ हजार कूल सम्पति रहेको छ ।

संस्थामा माघ मसान्तसम्म २०.८४ प्रतिशत तरलता अर्थात ३९ करोड ७७ लाख ४० हजार तरलता रहेको जनाइएको छ । संस्थाले साँखु, नयाँबजार, काँडाघारी र कालिमाटि सेवाकेन्द्रमार्फत पनि सेवा दिइरहेको छ । वित्तिय कारोबारका लागि संस्थाले सदस्यहरुलाई एटिए, मोबाइल बैंकिङ, क्यूआर सेवा, ईबैंकिङ र मिस्डकल बैंकिङ सेवा उपलब्ध गराएको छ ।



Leave a comment