काठमाडौं । भक्तपुरमा रहेको बाराही बचत तथा ऋण सहकारी संस्थाले ९ प्रतिशत ब्याजदरमै ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्यको ब्यवसाय निरन्तरता ऋणलाई ९ प्रतिशत ब्याजदरमै लगानी गर्ने भएको हो ।
संस्थाले नयाँ सदस्यहरुलाई ब्यवसाय सुरु गर्न वा चालु ब्यवसायमा थप लगानी गरी व्यवसाय निरन्तर गर्न उक्त सहुलियत ब्याजदरमा ऋण गर्ने जनाएको छ । संस्थामा ५ हजार ८२६ जना सदस्य रहेका छन् भने ३२७ जना मात्र ऋण सदस्य रहेको जनाइएको छ ।
संस्थाको माघ मसान्त सम्मको बिवरण अनुसार संस्थामा ७ करोड ८२ लाख शेयरपूँजी तथा ७ करोड २१ लाख १३ हजार जगेडा कोष र २ करोड ३३ लाख ४० हजार अन्य कोष रहेको छ । संस्थामा ८१ करोड ५३ लाख ९७ हजार बचत तथा ४९ करोड ४१ लाख २८ हजार ऋण लगानीमा रहेको जनाइएको छ । त्यसैगरी संस्थाको १ अर्ब ३ करोड ८४ लाख ७७ हजार कूल सम्पति रहेको संस्थाका ब्यवस्थापक शिवजी हाकुदुवालले बताए ।
Leave a comment