काठमाडौं । सहकारीका लागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपी ६३ जिल्लाका ४३८ सहकारी संघसंस्थामा पुगेको छ । कम्पनीले प्रकाशन गरेको पछिल्लो बिवरण अनुसार माघ महिनामा १६ वटा सहकारी संघसंस्था थप भएसंगै ४३८ वटा सहकारी संघ संस्था पुगेको हो ।
त्यसैगरीसातै प्रदेशका सहकारी संघसंस्थामा मिरा इआरपीको सेवा पुगेको जनाइएको छ । त्यसैगरी बागमती प्रदेशका १२४, कोशीका ७१, मधेशका ४८, गण्डकीका २४, लुम्विनिका ७९, कर्णालीका २० र सुदुर पश्चिम प्रदेशका ७२ वटा सहकारी संघ संस्थाले मिरा इआरपीको सेवा लिइरहेको जनाइएको छ ।
सेवाको रुपमा सफ्टवेयर (Software As A Service, SaaS) प्रदान गर्दै आएको मिरा इआरपिले सदस्य सहकारी संघ संस्थाहरुलाई निशुल्क एसएमएस अलर्ट सेवा समेत प्रदान गरिरहेको छ । सहकारी संघ संस्थाहरुले सदस्यहरुको डिपोजिट, विथड्र, ऋण किस्ताको ताकेतालगायतका लागि उक्त सेवा निशुल्क प्रयोग गर्नसक्ने कम्पनिका प्रमुख प्रविधि अधिकृत मनोज तिवारीले बताए ।
संस्थाले सदस्यहरुको जन्मदिन तथा संस्थाको साधारण सभाको जानकारीका साथै संस्थाका कार्यक्रमको निमन्त्रणालगायतका आवश्यक सवै किसिमका जानकारी सदस्यलाई दिन सूचनाहरु एकमुष्ठ रुपमा पठाउन सकिने ब्यवस्था गरेको उनले जनाए । सदस्यहरु लाई एसएमएस पठाउनको लागि आवश्यक न्युनतम रकम रिचार्ज मात्रै गरेर एसएमएस पठाउन मिल्ने उनको भनाइ छ ।
उनले ओक्कु च्यालेन्ज २०२५ मा भने अनुसार मिरा इआरपि SaaS साझा प्लेटफर्म भएकोले सबै सहकारी संघ संस्थाहरुलाई समावेसी तरिकाले नयाँ फिचरहरु एकैचोटी उपलब्ध गराउन मिल्ने गरी Architecture design गरिएको बताए । उनले भने, ति फिचरहरु प्राय निशुल्क एवम् संस्थाहरुकोे प्रयोगको आधारमा Cloud Computing को Principal मा आधरित रहेर Pay-as-you- नयाँ मोडेलमा न्युनतम सेवा शुल्क मात्रै लिएर उपलब्ध गराइने छ।
बिगत दुई वर्षदेखि सेवा दिइरहेको कम्पनिको यस सेवाले सहकारीका सदस्यले आफ्नो संस्थासंग गरेको बचत तथा ऋणको कारोबारको जानकारी साथै अन्य डिजिटल भुक्तानि पनि मोबाइलबाटै लिनसक्ने छन । सहकारीहरुलाई डिजिटल सेवा विस्तार गर्ने क्रममा मिरा ६३ जिल्ला पुगेको छ भने सातै प्रदेशका २३ वटा जिल्ला बचत संघहरुले समेत मिरा इआरपि प्रयोग गरिरहेको जनाइएको छ ।
नियोसिस टेक्नोलोजी प्रालिले सहकारीहरुको लागि निर्माण गरेको मिरा इआरपी नेफ्स्कून र लुम्बिनी प्रदेश बचत संघ सहितले प्रयोग गरेको छ । सहकारीहरु बीच साझा डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्यका साथ तयार गरिएको मिरा इआरपी सफ्टवेयर न्यून शुल्कमा पूर्ण सेवा उपलब्ध भएकोले बजार बिस्तार गर्न सफल भएको कम्पनिका प्रमुख प्रविधि अधिकृत तिवारीको भनाइ छ ।
निःशुल्क सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिंङ एप्लीकेसन, इबैंकिंङ, एसएमएस बैंकिंङ, बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको उनले बताए ।
आइ एस ओ २७००१ः२०२२ प्रमाणित कम्पनीको उत्पादन मिरा इआरपी एकमात्र ‘सास’ प्लेटफर्म भएको कम्पनीले बताएको छ । सहकारीकालागि उत्कृष्ट सफ्टवेयरको बिकास गरेर बजारमा बिक्री वितरण भएको दुई वर्षमा उल्लेख्य प्रगति गरेको कम्पनीको दावी छ ।
Leave a comment