काठमाडौं । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कूल सम्पति साढे १७ अर्ब नाघेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार संस्थाको कूल सम्पति १७ अर्ब ६७ करोड ६ लाख ४९ हजार ७०० रुपैंयाँ पुगेको हो ।
संस्थाले प्रकाशन गरेको माघ महिनाको विवरण अनुसार संस्थामा १ लाख ८८ हजार ९२ जना सदस्य रहेका छन् भने ७० हजार २९७ जनाले संस्थाबाट विभिन्न शिर्षकमा ऋण सेवा लिएको जनाइएको छ । ६ वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाको शेयर पूँजी १ अर्ब ७० करोड ११ लाख ४० हजार २०० रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १ अर्ब २६ करोड ३६ लाख १७ हजार ४९२ रुपैंयाँ तथा विभिन्न कोषहरुमा १ अर्ब २२ करोड २८ लाख ७२ हजार ३९५ रुपैंयाँ रहेको जनाइएको छ । संस्थाले १३ अर्ब ६४ करोड ५४ लाख ३७ हजार ६३० रुपैंयाँ बचत संकलन गरी ११ अर्ब २६ करोड ९८ लाख ५१ हजार ९८६ रुपैंयाँ ऋण लगानी गरेको जनाएको छ ।
त्यसैगरी संस्थाले ७६ करोड ५० लाख ४७ हजार ५३६ रुपैंयाँ अल्पकालिन लगानी गरेको छ । बाह्य ऋण शुन्य रहेको संस्थाको संस्थागत पूँजी १ अर्ब ३० करोड ३४ लाख ७१ हजार २९७ रुपैंयाँ र संस्थामा ४ अर्ब २४ करोड ५६ लाख ९५ हजार ३४६ रुपैंयाँ अर्थात ३१.११ प्रतिशत तरलता रहेको जनाइएको छ ।
Leave a comment