काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अर्धबार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । फागुन १० गते केभि लन्ज, कमलविनायक, भक्तपुरमा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
अध्यक्ष लाखाजुले संघले वर्तमान अवस्थामा सरकारले जारी गरेको सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थालाई जारी गरेको निर्देशन तथा मापदण्डमा समुदाय केन्द्रीत सहकारी अनुकुल संशोधन हुने विश्वास रहेको बताए।
उनले जारी अध्यादेशमा भएको व्यवस्था पालनामा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । उनले संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, संघको नियमित बचत र शेयर पँुजी बृद्धि गर्नुपर्ने बताए ।
संघका उपाध्यक्ष हरिकृष्ण बल्लले संघले सहकारी सुशान, वित्तीय अनुशान र अभियानको समीक्षा गर्नुपर्ने बताए । संघका सचिव जगनाथ प्रजापतिले संघको कार्यक्रम प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उपसमितिहरुको बैठक बसी क्रियाशिल हुनुपर्ने बताए ।
कोषाध्यक्ष कान्छाभक्त घजुले २०८१ पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समीक्षा प्रस्तुत गरेका थिए । उनले २०८१ पुष मसान्तसम्ममा लक्ष्यमा २०३ प्रतिशत उपलब्धी हासिल भई कुल वासलात ३ अर्ब ८१ करोड र ३ करोड ५ लाख नाफा गर्न सकेको प्रगति विवरण प्रस्तुत गरे ।
संघका लेखा सुपरिवेक्षण समितिका सदस्य श्रीप्रसाद त्यातले संघ यस बर्ष बागमती प्रोस्कून, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकबाट उत्कृट संघबाट पुरस्कृत हुन सफल भएको जानकारी गर्दै संघमा सूचना प्रवाहको छुटै कक्ष तथा जनशक्ति व्यवस्थापनको आवश्यकता रहेको बताए ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघको प्राथमिक पुँजी कोष बृद्धि गर्न जगेडा कोेष र शेयर पुँजी बृद्धिमा जोड दिएको बताए ।
उनले ७ प्रतिशत व्याजदमा नै संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाहरुले सेवाको लाभ उपभोग गर्नुपर्ने बताए । उनले वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा संघले वित्तीय लगानी मार्फत वित्तको व्यवस्थापन गरेको बताए ।
समीक्षामा संघको समिति, उपसमिति र कर्मचारी गरी ३७ जनाको उपस्थिति रहेको थियो । समीक्षाबाट प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सुझावहरु समेत संकलन गरेको थियो ।
Leave a comment