हाइलाइट

अभियानमा भएका त्रुटी सुधार्न बागमती प्रदेश संघको ‘सहकारी सम्मेलन’

अभियानमा भएका त्रुटी सुधार्न बागमती प्रदेश संघको ‘सहकारी सम्मेलन’ :: Sahakari Akhabar

काठमाडौं । सहकारीमा चरम बेथितिको आरोप खेपिरहेको अभियानले भएका त्रुटि सुधार्न ‘सहकारी सम्मेलन’ गर्ने भएको छ । विषेशगरी बेथितिको जगको धब्बा लागेको बागमती प्रदेशले सहकारीमा भएका त्रुटीलाई सुधार्न र आगामी बाटो तयगर्न सहकारी सम्मेलन गर्ने लागेको हो ।

बागमती प्रदेश सहकारी संघले आयोजना गर्ने सम्मेलनलाई प्रदेश सरकारले पनि सहयोग गर्ने भएको छ । ललितपुरको हेरिटेज गार्डेन होटलमा चैत ८ र ९ गते दुई दिन आयोजना गर्ने सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मी र स्थानीय निकायका प्रतिनिधिहरुको सहभागिता गराउने भएको छ ।

सहकारीको संख्या संगै समस्या पनि धेरै भएको प्रदेश भएकोले सवै सरोकारवालाहरु लाई एकै ठाउँमा राखेर समाधानका उपाए खोज्न सम्मेलन आयोजना गर्न लागिएको संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले जनाए । उनले बागमती प्रदेश सहकारी संघले आयोजना गर्ने यो कार्यक्रम हालसम्मको ठूलो र महत्वपूर्ण कार्यक्रम हुने बताए ।

प्रत्येक ४ / ४ वर्षमा आयोजना गरी बागमती प्रदेशको सहकारी अभियानलाई गति दिने, मार्गदर्शन गर्ने र अभियानमा भएका त्रुटीहरुलाई सुधार गर्ने योजना रहको अध्यक्ष घिमिरेको भनाइ छ ।

प्रादेशिक अभिभावक संघको रुपमा रहेर सहकारीका असल अभ्यासहरुको जानकारी गराएर सरकार र आम मानिसहरुको सहकारीप्रतिको बुझाईलाई सकारात्मक रुपमा ग्रहण गर्न सक्ने वातावरणको निर्माण गर्न सम्मेलन आयोजना गरिएको हो, सम्मेलनले पक्कै पनि महत्वपूर्ण भूमिका खेल्नेछ उनले भने ।

सम्मेलनबाट सहकारीका वर्तमान समस्या समाधानका विषयमा साझा धारणा निर्माण गर्ने संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार र अभियानको बिचमा सहकार्यको मार्गदर्शन निर्माण हुने, सहकारी मार्फत् उत्पादनका क्षेत्रहरुको पहिचान र परिचालनमा जोड पुने, बागमती प्रदेशको सहकारी अभियानको मार्गचित्र निर्माण हुने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका संघ, प्रदेश विषयगत सहकारी संघ, जिल्ला सहकारी संघ तथा जिल्ला विषयगत सहकारी संघहरु र प्रारम्भिक सहकारी संस्थाहरुका पदाधिकारी र उच्च व्यवस्थापनमा संलग्न व्यक्तिहरु तथा पालिकामा कार्यरत सहकारी शाखामा कार्यरत कर्मचारीहरु लाई सहभागि गराइने जनाइएको छ ।

“सहकारीको विकासका लागि तहगत समन्वय र सहकार्यको मार्गदर्शन” मूल थिम रहेको कार्यक्रममा प्रदेश तथा स्थानिय तहका सहकारीको विकासमा सरकारको भूमिका, वित्तीय सहकारीमा व्यवस्थापकीय सवाल, सहकारीे नियमनको चुनौती र अबको कार्यदिशा, उत्पादनमा सहकारीको योगदान, भूमिका र सम्भावनाहरु, सेवा प्रभावकारीताको लागि उत्प्रेरणात्मक वातावरणको निर्माण जस्ता विषयमा विषय विज्ञले कार्यपत्र प्रस्तुतीकरण र छलफल हुने जनाइएको छ ।



Leave a comment