बचत तथा ऋण सहकारीहरुको अभिभावक निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बचत तथा ऋण सहकारी (साकोस) हरुको भरोषाको केन्द्र हो ।
नेफ्स्कूनले हालसम्म सदस्य संघ संस्थाहरुलाई मार्गदर्शन दिने, विभिन्न नयाँ आयामहरुमा बहस पैरबी गर्ने, समन्वय तथा सहयोग गर्ने दायित्व पनि लिएको छ। सहकारी ऐन, कानून, सहकारीको सिद्धान्त, मूल्य र मान्यता बमोजिम काम गर्ने गराउने जिम्मेवारी पनि लिएको छ ।
सहकारीकर्मीलाई असफल हुनबाट जोगाउने सहयोग गर्ने जस्ता अभिभावकीय भूमिका निर्वाह गर्दै आईरहेको छ । त्यसैगरी आवद्ध संघ संस्थाको मानव संशाधनलाई दक्ष बनाउनको लागि आधारभूत, मध्यमस्तरीय, उच्चस्तरीय तालीमहरु प्रदान गर्दै आईरहेको छ।
सदस्य संघ संस्थामा आवद्ध शेयर सदस्यहरुलाई सेवा गर्ने कर्मचारीहरु दक्ष र व्यवसायिक बनाउनु पर्दछ भनेर सिटिईभिटि सँग सहकार्य गर्दै सहकारी व्यवस्थापन कोर्ष, रिसेप्सनिष्ट, क्यासियर कोर्ष, बचत तथा ऋण परिचालन कोर्षलगायत सञ्चालन गर्दै आईरहेको छ ।
बेला बेलामा आईपर्ने संकटमा वा सदस्य संघ संस्थाहरु दुविधामा परेको बेलामा सहयोग गर्न तथा मार्गनिर्देशन जारी गरी मार्ग स्पष्ट पार्नको लागि नेफ्स्कूनको भूमिका अतुलनिय छ ।
सहकारीको सिद्धान्त, मूल्य र मान्यतामा संस्थाहरु सञ्चालन भएको छ वा छैन भनेर स्वयं सहकारी संस्थाहरुले आफै उक्त कुराहरु परिक्षणको लागि नेफ्स्कूनले प्रारम्भीक साकोसहरुलाइ उत्प्रेरीत गरीरहेको अवस्था छ र हामीले उक्त कुरा व्यवहारमा उतारी सकेका छौ ।
बचत तथा ऋण सहकारी संस्थाहरु सहि रुपमा सञ्चालन हुनुपर्दछ भन्ने मान्यताका साथ आधारशिला, कर्भस, प्रोवेसन, एक्सेस, सियुलेग जस्ता स्तरीकरण कार्यक्रम सञ्चालन गरीरहेको छ । यस्ता कार्यक्रमहरुमा आवद्ध भई सञ्चालीत साकोसहरु संकटको घडिमा पनि तुलनात्मक रुपमा सजिलै सञ्चालन भईरहेका छन् जसको श्रेय नेफ्स्कूनलाई जान्छ ।
यस्ता कार्यक्रमहरुबाट साकोसको बिभिन्न कार्यहरुलाई विभिन्न भागमा विभाजन गरी विभिन्न सूचकहरु तयार पारेर तोकीएको स्टयाण्डर्डमा छ वा छैन ? भनेर निरिक्षण गर्न सहज बनाईदिएको तथा तोकीएको स्टयाण्डर्डमा छैन भने सुधार योजनाको मार्ग दिएर साकोसलाइ अगाडि बढाईरहेको छ ।
पछिल्लो समयमा नेफ्स्कून केन्द्रीय कार्यालयमै बसेर आवद्ध संस्थाहरुको अफसाईड मोनिटरीङ गरी राम्रो कार्यलाई प्रसंसा गर्दै सुधारात्मक कार्यलाई सुधार गर्न लगाईरहेको छ ।
नेफ्स्कूनमा सदस्य तथा स्तरीकरण कार्यक्रममा सहभागि नहुँदाको अवस्थामा पल्र्स के हो ? ऋण बिबरण के हो ? दोसरी के हो ? ऋण सुरक्षण कोष के हो ? ऋण सुरक्षण किन र कसरी गर्ने ? सम्पत्ती दायित्व व्यवस्थापन के हो ?
पूँजि पर्याप्तता दर के हो ? आदी जस्ता कुराहरु अनविज्ञ भएर बस्नु पर्ने देखिन्छ भने नेफ्स्कूनको सदस्य भई स्तरीकरण कार्यक्रममा सहभागि भएपछि यस्ता कुराहरु सहजै सिक्न पाई संस्थामा कार्यान्वयनमा लान पाईरहेका छौ ।
सहकारी बिच सहकार्य भन्ने सिद्धान्तलाई कार्यरुप दिन साकोस अभियानमा आवद्ध मानव संशाधनलाई एउटै छानामुनि राखि अनुभव आदान प्रदान गराउन फरक र निर्विवाद ढंगबाट छनोट विधि बिकास गरी नेफ्स्कून सकोस म्यानेजर्स क्लव र क्युरिको नीतिगत व्यवस्था गरेको छ ।
अध्यादेश अव केही दिनमा पास हुने र नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत धारा १७ स्वतन्त्रताको हक र धारा २५ सम्पत्तीको हकसँग नबाझिने गरी प्रतिस्थापन विधेयक सहीत अभियान सुहाउदो ढंगबाट सहकारी ऐन संशोधन हुनेमा सहकारी अभियान्ताहरु ढुक्क रहेको देखीन्छ ।
यसले साकोस अभियानमा देशभर रहेको मानव संशाधनलाई एकजुट बनाउन र असल अभ्यास तथा अनुभव साटासाट गर्नको लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।
यस क्लवले बिगत तीन महिनाको ट्रेन एनालाईसिस गरी आगामी तीन महिना कसरी अगाडि बढ्ने भनी त्रैमासिक रुपमा भावि अनुमान र पूर्व तयारी गर्दै अगाडि बढ्दैछ । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो । यसले बिगतबाट पाठ सिकेर आगामी दिनमा सहज रुपमा कार्य गर्न सहयोग पुग्ने देखिएको छ ।
नेफ्स्कूनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरुलाई साकोस अभियानमा शेयर गरी कार्यान्वयनमा ल्याउन लगाउने कार्य गर्दै आएको छ । सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा आउनु अगाडि नेतृत्व विकास तालीम लगाएत फिट एण्ड प्रपर टेष्टको कुरालाई साकोस अभियानमा लागु गराउने मुख्य भूमिका पनि नेफ्स्कूनले खेलेको हो ।
साकोसमा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका केही पदको (कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समिति) लागि योग्यता आवश्यक पर्दछ भन्ने बिषयमा बहस पैरबी पनि नेफ्स्कूनले गरीरहेको छ र आशा छ यसले पनि नीतिगत स्थान पाउने छ ।
नेफ्स्कूनको अझ महत्वपूर्ण उपलब्धी भनेको हाल भईरहेको कर्जा सूचना केन्द्र तथा बचत तथा ऋण सुरक्षण कोषमा बचत तथा ऋणको कारोवार गर्ने सहकारीहरु सहभागि हुन पाउने व्यवस्था पनि एक हो ।
नेफ्स्कूनले प्रथम चरणमा कम्तीमा पनि एक्सेस कार्यक्रममा आवद्ध साकोसहरुलाई कर्जा सूचना केन्द्रमा सहभागि हुनको लागि व्यवस्था मिलाईदिन विभागलाई पत्र लेख्ने र विभागलाई थप पहल गरीदिन अनुरोध गरेको थियो ।
यही मेहनतको कारणले २०८१ पौष १४ गते सहकारी ऐन २०७४ र नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्ने गरी अध्यादेश जारी भएको थियो ।
अध्यादेश अव केही दिनमा पास हुने र नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत धारा १७ स्वतन्त्रताको हक र धारा २५ सम्पत्तीको हकसँग नबाझिने गरी प्रतिस्थापन विधेयक सहीत अभियान सुहाउदो ढंगबाट सहकारी ऐन संशोधन हुनेमा सहकारी अभियान्ताहरु ढुक्क रहेको देखीन्छ ।
Leave a comment