हाइलाइट

प्रथम बागमती प्रदेश सहकारी सम्मेलन चैत्र ८ र ९ गते रजिष्ट्रेशन शुल्क चारहजार मात्र

प्रथम बागमती प्रदेश सहकारी सम्मेलन चैत्र ८ र ९ गते रजिष्ट्रेशन शुल्क चारहजार मात्र :: Sahakari Akhabar

काठमाडौं । प्रथम बागमती प्रदेश सहकारी सम्मेलन आगामी चैत्र ८ र ९ गते ललितपुरमा हुनेभएको छ । बागमती प्रदेश सहकारी संघले आयोजना गर्ने सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मीको सहभागीता गराइने भएको हो ।

सम्मेलनमा सहभागिताका लागि संघले रजिष्ट्रेशन शुल्क चार हजार मात्र तोकेको छ । संघका सदस्य संघ संस्थाका प्रतिनिधिहरुका लागि चार हजार तथा संघका सदस्य नरहेका सहभागिहरुका लागि पाँच हजार शूल्क तय गरेको संघका ब्यवस्थापक रुपक घिमिरेले बताए ।

सम्मेलनमा स्थानीय तहका सहकारी हेर्ने प्रमुखहरुलाई पनि सहभागी गराइने भएकोले र संघका सदस्य नभएका सहकारीकर्मी हरुले पनि सहभागिता जनाउन सकिने भएकोले दुइथरी शूल्क तय गरिएको उनले जनाए ।

दुइ दिनको कार्यक्रम भएकोले सहकागिता शूल्क न्यून नै हो, हामीले सम्मेलनबाट नाफा कमाउने भन्दा पनि धेरै भन्दा धेरैको सहभागिता गराएर कार्यक्रम उपलब्धीमूलक बनाएर सम्पन्न गर्न खोजेका छौं, त्यसैले शूल्क कम नै राखेका छौं, उनले भने ।

सम्मेलनमा प्रदेशका सवै स्थानीयतहका प्रतिनिधिहरुलाई समेत सहभागी गराएर सहकारीको महत्व र योगदान बुझाउन संघले यो प्रदेशस्तरिय सम्मेलन आयोजना गरेको ब्यवस्थापक घिमिरेको भनाइ छ ।

दुइदिनको सम्मेलनमा विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने र ब्यापक छलफल गरी सहकारीको आगामी बाटो तय गरिने उनले जनाए। प्रदेशका १३ वटा जिल्लाबाट कोटा प्रणालि मार्फत सहभागिता गराइने र बागमती प्रदेशका सवै स्थानीय तहहरुबाट सहकारी हेर्ने अधिकारीहरुलाई पनि सहभागिता गराइने उनले जनाए ।

बढीमा ६ सय जना मात्र सहभागि गराइने सम्मेलन संघले प्रथम सहकारी सम्मेलनलाई सहकारीको लागि उपलब्धीमूलक बनाइने बताए। संघले सहभागिताको रजिष्ट्रेशनका लागि खल्ति एप संग सम्झौता पनि गरिसकेको छ ।

सहभागीहरुको रजिष्ट्रेशन खल्ती एप्लिकेशनबाट गराउने सहमति भएको ब्यवस्थापक घिमिरेले जनाए । संघका अध्यक्ष रामशरण शर्मा घिमिरे र खल्ती एप्लिकेशनक व्यवसाय साझेदार वसन्त दहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रमलाई बागमती प्रदेश सहकारी तथा गरिबी निबारण मन्त्रालयको पनि सहकार्य रहने जनाइएको छ ।



Leave a comment