काठमाडौं । प्रधान मन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थ मन्त्री युवराज खतिवडाले अध्यादेशबाट आाएको सहकरीको बचतको सिमा घटाउन बढाउन लाग्ने भन्दा पनि सहकारीमा भएको बचतलई जोगाउन लाग्ने समय भएको बताएका छन् ।
उनले अहिले सहकारीमा करोडौं बचत गर्न पाइएन भनेर कराउनुको अर्थ नरहेको भन्दै बचत ऋण सहकारीहरुले आफूसंग भएको बचतलई कसरी जोगाउने भन्ने तर्फ लाग्नु पर्ने बताएका हुन् । काठमाडौमा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभामा बोल्दै खतिवडाले अध्यादेश मार्फत आएका कुरा परिपालना गर्नुपर्ने बताए ।
अध्यादेशबाट आएका र अभियानले चित्त दुखाएका विषय मिल्दैजाने उनको भनाइ छ । अध्यादेशले ल्याएका कुराहरुको कार्यान्वयन गरेर सहकारी अभियान प्रति विश्वास जगाउने, स्वनियमन बलियो बनाउने, अनुगमन प्रभावकारी बनाउने हो र कोही समस्यामा परे भने त्यसलाई बलियो बनाउन प्राधिकरणलाई काममा ल्याउने रहेको उनको भनाइ छ ।
उनले प्रारम्भिक संस्थाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै भएका कमीकमजोरीका कुरा सहकारी ऐ्न पूर्ण संसोधन हुँदा समेटिएर आउने उनले बताए । उनले सहकारी अभियानलाई खुम्च्याउन लागिएको हो की भन्ने अर्थ नबुझिदिन आग्रह गर्दै पछि गएर पूँजीका सिमा पनि हट्दै जाने बताए । उनले सहकारीमा पूँजी संकलनको आधारमा बचत राख्न पाउने ब्यवस्था हुनुपर्ने भन्दै पूँजीको दशगुणा सम्म मात्र बचत राख्न पाउने ब्यवस्था गर्न सुझाएका छन् ।
Leave a comment