पोखरा रोयल सहकारीले ९ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण लगानी गर्ने

पोखरा रोयल सहकारीले ९ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण लगानी गर्ने :: Sahakari Akhabar

काठमाडौं । पोखरा १० बुद्धचोक कस्कीमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ९ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्यहरुलाई एक करोडसम्म ८ दशमलव ८८ प्रतिशत ब्याजदरमा लगानी गर्ने भएको हो ।

संस्थाले नयाँ ब्यवसाय गर्ने सदस्य वा ब्यवसाय गरिरहेकाहरुलाई उक्त ब्याजदरमा लगानी गर्ने जनाएको छ । संस्थाको पछिल्लो विवरण अनुसार ९ हजार ५६३ सदस्य रहेका छन् भने १ हजार २८६ ऋणी सदस्य रहेका छन् ।

संस्थामा १ अर्व ७२ करोड ८६ लख ९७ हजार ऋण लगानीमा रहेको छ । संस्थामा १५ करोड १७ लाख ६७ हजार सेयर पूँजी तथा १ अर्व ९६ करोड ४६ लाख ५९ हजार बचत रहेको छ । संस्थाको जगेडा कोषमा २१ करोड २७ लाख र अन्य कोषमा १२ करोड ४२ लाख ६ हजार रहेको जनाइएको छ ।

संस्थाको २१ करोड ३० लाख ७४ हजार संस्थागत पूँजी तथा २ अर्व ५४ करोड ३२ लाख ७८ हजार कूल पूँजी रहेको छ । संस्थाले सदस्यहरुलाई एटिएम सेवा, मेबाइल बैंकिङ सेवा, क्यूआर सेवा एसएमएसलगायतका सेवा प्रदान गर्दैआएको छ । संस्थाका केन्द्रीय कार्यालय र दुलेगौंडा, भण्डारटिक र ममाोहरिया गरी ३ वटा सेवाकेन्द्र रहेका छन् । 



Leave a comment