काठमाडौं । बागमती प्रदेश सहकारी संघले सहकारी ऐनलाई संसोधन गर्न ल्याएको अध्यादेशमा भएका केही ब्यवस्था प्रति आपत्ति जनाएको छ ।
संघले प्रेस विज्ञप्ति जारी गरी अध्यादेश मार्फत ल्याइएको केही बुँदा स्वागतयोग्य भए पनि अधिकांश प्रति आपत्ति जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, पौष १४ गते जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
उक्त अध्यादेशमा गरिएका केही व्यवस्थाहरु स्वागत योग्य र कतिपय व्यवस्थाहरु सहकारी क्षेत्रका लागि आपत्तिजनक रहेका छन् ।
त्यसैगरी विज्ञप्तीमा अध्यादेशमा भएका सहकारी क्षेत्रलाई थप कमजोर बनाउने गरि गरिएका व्यवस्थाप्रति संघको घोर आपत्ति रहेको र ती व्यवस्थाहरु तत्काल हटाई सहकारी क्षेत्रको सुधारका लागि आवश्यक सहकारी मैत्री कानुनको व्यवस्था गर्नका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
अध्यादेशमा व्यवस्था गरिएका स्वागत्योय व्यवस्थाहरुः
–सहकारी नियमन गर्न दोश्रो तहको निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन,
–सहकारी दर्ता स्थानिय तहमा मात्र हुने र आवश्यक मापदण्ड प्राधिकरणले बनाउने,
–हाल रहेको बैंकहरुको कर्जा सूचना केन्द्रले सहकारीको पनि काम गर्ने,
–सहकारीहरु विद्यमान निक्षेप तथा कर्जा सूचना केन्द्रको सदस्य बन्नुपर्ने,
–समस्या ग्रस्त सहकारीको लागि छुट्टाछुट्टै विज्ञ टोली गठन गर्ने र
–मिलापत्रको माध्यमद्वारा समस्याको हल खोजी गर्ने लगायतका व्यवस्थाहरु
अध्यादेशमा व्यवस्था गरिएका आपत्तिजनक व्यवस्थाहरुः
–ऐनको दफा ५२ को उपदफा १ मा एक जिल्ला कार्यक्षेत्र रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाले बढीमा दश लाख रुपैयासम्म मात्र व्यक्तिगत बचत संकलन गर्न पाउने,
–एक प्रदेशभित्र कार्यक्षेत्र भएका बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाले बढीमा पच्चीस लाख रुपैंयाँसम्म मात्र व्यक्तिगत बचत गर्न पाउने,
–देशभर कार्यक्षेत्र भएका बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाले बढीमा पचास लाख रुपैयाँसम्म मात्र व्यक्तिगत बचत गर्न पाउने,
–दफा २० क। को उपदफा १ मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थालाई कार्यक्षेत्रको आधारमा संघ, प्रदेश र स्थानिय गरी तीन तहमा वर्गीकरण गरिएको,
–दफा ३२ को उपदफा १ मा एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढी सहकारीमा सदस्य हुन नसक्ने,
–दफा ४१ को उपदफा ३ ९क० मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाको सञ्चालक पदमा कुनै व्यक्ति दुई कार्यकाल भन्दा बढी अवधिको लागि निर्वाचित हुन र वहाल रहन नसक्ने ।
Leave a comment