काठमाडौं । दोलखाको वैतेश्वर ५ मा रहेका जनसचेतना बचत तथा ऋण सहकारी संस्था र जनमुखि बचत तथा ऋण सहकारी संस्थाका सार्वजनिक पदमा रहेका सचालकलाई हटाउन बागमती प्रदेशले निर्देशन दिएको छ। संस्थाको साधारण सभाबाट सार्वजनिक पदका मानिस पदाधिकारीमा निर्वाचित भएको भन्ने उजुरी परेपछि प्रदेशको सहकारी विभागले हटाउन निर्देशन दिएको हो ।
विभागले सहकारी संस्थाको साधारण सभाबाट सहकारी नियमावली, २०७५ को नियम ८१ र सहकारी संघ संस्थामा सुशासन प्रवर्धनको लागि स्विकृत निर्देशन २०७९ को क २ मा भएको व्यवस्था कार्यान्वयन नभएको जनाएको छ ।
सार्वजानिक पद धारणा गरेको व्यक्ति नेपाल सरकार, प्रदेश सरकार वा स्थानिय तहको कार्यालय वा निकायमा कार्यरत कर्मचारी सहकारी संस्थाको समिति वा लेखा सुपरिवेक्षण समितिमा निर्वाचित वा मनोनित हुन नसक्ने ऐनम व्यवस्था छ । दुवै संस्थाले उक्त ब्यवस्थाको प्रतिकुल हुने गरी साधारण सभाले पदाधिकारी निर्वाचित वा मनोनित गरेको भन्ने उजुरी परेको कार्यालयले जनाएको छ ।
सहकारी महाशाखाले उक्त व्यवस्थाको प्रतिकुल हुने गरी पदाधिकारीको निर्वाचन गराएकोले १५ दिनभित्र त्यस्ता पदाधिकारीले सार्वजानिक पद वा नेपाल सरकार र प्रदेश सरकार वा स्थानिय तहको कर्मचारी भए सो पदबाट वा सहकारी संस्थाको समिति वा लेखा सुपरिवेक्षण समिति पदबाट राजिनामा दिई स्विकृत भएको जानकारी गराउन भनेको छ ।
महाशाखाले निर्देशनको पालना नभएमा कानून बमोजिम कारवाही हुने जनाएको छ। महाशाखाले जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं ५ कार्यालयलाई निर्देशन पालना भएनभएको सम्बन्धमा आवश्यक अनुगमन गरी जानकारी दिनुहुन भनेको छ ।
Leave a comment