काठमाडौं । सहकारीकालागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपीले सेवा विस्तारमा तिब्रता दिएको छ । इआरपीको सेवा विस्तार गर्ने क्रममा ६२ जिल्ला पुगेको छ । त्यसैगरी मिरा १६ वटा जिल्ला बचत संघहरुले प्रयोग गरिरहेका छन् ।
नियोसिस टेक्नोलोजी प्रालिले सहकारीहरुको लागि निर्माण गरेको मिरा इआरपी तिब्ररुपमा बजार विस्तारमा लागेको हो । मिरा इआपिको सेवा नेफ्स्कून र लुम्बिनी प्रदेश बचत संघ सहित बागमती, कोशी, मधेस, गण्डकी, लुम्विनी र सुदुरपश्चिम प्रदेशका १६ वटा जिल्ला बचत संघहरुमा छ ।
बागमती प्रदेशका ५ वटा, कोशीका २ वटा, मधेसको १ वटा गण्डकीका २ वटा लुम्बिनीका ३ र सुदुरपश्चिम प्रदेशका १ संघका साथै नेफ्स्कून र लुम्बिनी प्रदेश संघले मिरा इआरपिको सेवा प्रयोग गरिरहेका छन् । झापा, मोरङ, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, लमजुङ, स्याङ्जा, प्यूठान, कञ्चनपुर, रुपन्देही, बाँके, दोलखा, चितवन र बारा जिल्ला बचत संघमा मिरा इआरपी सफ्टवेयर प्रयोगमा छ भने अन्य जिल्ला संघहरुसंग पनि समन्वय भइरहेको नियोसिस टेक्नोलोजीका प्रमुख प्रविधि अधिकृत मनोज तिवारीले जानकारी दिए ।
सहकारीहरु बीच साझा डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्यका साथ तयार गरिएको मिरा इआरपी सफ्टवेयर न्यून शुल्कमा पूर्ण सेवा उपलब्ध भएकोले बजार विस्तार गर्न सफल भएको उनको भनाइ छ । निःशुल्क सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिंङ एप्लीकेसन, इबैंकिंङ, एसएमएस बैंकिंङ, बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको कम्पनिको दावी छ ।
आइएसओ प्रमाणित कम्पनीको उत्पादन मिरा इआरपी एकमात्र ‘सास’ प्लेटफर्म भएको कम्पनीले बताएको छ । हाल ३ सय ६८ सहकारी संघ संस्थाहरुमा मिरा इआरपिप्रयोग भइरहेको जनाइएको छ । सहकारीकालागि उत्कृष्ट सफ्टवेयरको विकास गरेर बजारमा विक्री वितरण भएको एकवर्षमा उल्लेख्य प्रगति गरेको कम्पनीको दावी छ।
Leave a comment