हाइलाइट

बागमती प्रोस्कूनको प्रतिनिधि पठाउने समय थप

बागमती प्रोस्कूनको प्रतिनिधि पठाउने समय थप :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को निर्वाचन सहितको चौथो बार्षिक साधारण सभा कार्तिक २३ गते हुने भएको छ । संघले साधारण सभामा भाग लिन संस्था नविकरण तथा प्रतिनिधि पठाउने समय थप गरेको छ ।

यस अघि प्रतिनिधि पठाउन तथा संस्था नविकरणका लागि कार्तिक १० गतेसम्मको समय राखेको थियो । संघले ११ गते सूचना प्रकाशन गरी प्रतिनिधि पठाउने समय कार्तिक १४ गतेसम्मको लागि थप गरेको हो । संघमा ५२३ सहकारी संघसंस्था रहेकोमा ४५९ संघसंस्थाले नविकरण गरिसकेको संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले जानकारी दिए ।

उनले प्रदेश सहकारी संघको निर्वाचन प्रकृयामा भाग लिनकालागि ३६४ जनालाई संघसंस्थाले प्रतिनिधिका रुपमा पठाइसकेको बताए । सूचनामा संघ संचालन गर्न बनेको विनियमको दफा २० बमोजिम मासिक नियमित बचत जम्मा गरी सदस्यता नविकरण भइनसकेको भए उक्त दिन कार्तिक मसान्तसम्मको मासिक बचत गरी संस्था नविकरण गर्न सकिने जनाइएको छ । संस्थाले प्रतिनिधि पठाउन संस्थाको निणर्यको सक्कल सम्वन्धित संस्थाको आधिकारिक इमेलमार्फत संघको इमेलमा प्रतिनिधि फारण पूर्णरुपमा भरेर पठाउन सकिने जनाइएको छ ।


 



Leave a comment