हाइलाइट

आजदेखि लागुहुनेगरी सहकारी बैंकको ब्याजदरमा परिवर्तन

आजदेखि लागुहुनेगरी सहकारी बैंकको ब्याजदरमा परिवर्तन :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आजदेखि लागूहुनेगरी ब्याजदर परिवर्तन गरेको छ । बैंकले कात्तिक ९ गतेदेखि लागू हुनेगरि बचत र कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचततर्फ न्युनतम १.२५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले साधारण बचतमा न्यूनतम १.२५ प्रतिशत तथा अनिवार्य नियमित बचतको न्यूनतम् एकहजार मौज्दातमा ६ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले विशेष बचत, सुपर बचत, एनसिबिल समुन्नत बचत एनसिबिल प्रिमियम बचत, अनिवार्य नियमित बचत, क्रमिक बचत र मुद्धती निक्षेपमा ब्याजदर परिवर्तन गरेको छ ।

त्यसैगरी बैंकले २१ प्रबकारका कर्जा शिर्षकमा ब्याजदर पविर्तन गरेको छ । कर्जातर्फ बैकले ७ प्रतिशतदेखि ८.९९ प्रतिशतसम्म ब्याजदर तय गरेको छ ।

बैंकले अपाङग, दलित र महिलाद्वारा मात्र सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने जनाएको छ । साथै यस्तो सुविधा दोहोरो रुपमा प्रदान नगरिने समेत बैंकले जनाएको छ ।



Leave a comment