हाइलाइट

आर्थिक विकास मित्र साकोसको असोजको वित्तिय विवरण सार्वजनिक

आर्थिक विकास मित्र साकोसको असोजको वित्तिय विवरण सार्वजनिक :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको पाँचखालमा रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले असोज मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले प्रकाशन गरेको विवरण अनुसार संस्थाको शेयर पूँजी ९ करोड ९४ लाख ८६ हजार ८ सय रुपैंयाँ रहेको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा ८ करोड ४९ लाख ४३ हजार ६८० रुपैंयाँ तथा विभिन्न कोषहरुमा २ करोड १८ लाख ३३ हजार ९९८ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाले ७५ करोड ३ लाख ९० हजार ७०२ रुपैंयाँ बचत संकलन गरी ९३ करोड २५ लाख ५७ हजार ७७५ रुपैंयाँ ऋण लगानी गरेको जनाएको छ । ४ हजार २२१ बल सदस्य रहेको संस्थामा १० हजार ७३१ सदस्य रहेका छन् ।

संस्थाको पूँजी ८ करोड ५५ लाख ६४ हजार ७६० रुपैंयाँ र १ अर्ब ९ करोड ५९ लाख ९७ हजार २०६ रुपैंयाँ कूल सम्पति रहेको जनाइएको छ । संस्थाले २ हजार ५९ जनामा ऋण लगानी गरेको छ भने ९ करोड ९१ लाख ९१ हजार ९७० रुपैंयाँ अर्थात १३.२१ प्रतिशत तरलता रहेको जनाइएको छ ।



Leave a comment