काठमाडौं । सहकारीले सदस्यको बचत रकम फिर्ता गर्ननसकेको अवस्थामा भक्तपुरको बोडेमा रहेको नीलबाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई लाइन लगाएर लाभांश बितरण गर्नेभएको छ । संस्थाले आर्थिक वर्ष ०८० / ०८१ को नाफाबाट लाभांश वितरण गर्न सदस्यलाई सूचना जारी गरेको छ ।
संस्थाले सूचना जारी गरी असोज १३ गतेदेखि १९ गतेसम्म लाभांश वितरण गर्ने जनाएको हो । संस्थाले १३ गते १९ गतेसम्म दैनिक १५० जनालाई बिहान ७ः३० बजेदेखि दिउँसो २ बजेसम्म लाभांश वितरण गर्ने भएको हो । साथै संस्थाले लगातार तीन महिनासम्म नियमित बचत नगर्ने र ब्याज नतिर्ने सदस्यलाई लाभांश नदिने जनाएको छ।
Leave a comment