काठमाडौं । धनगढी कैलालीमा रहेको नवजीवन सहकारी संस्थाको लगानी ४ अर्ब नाघेको छ । संस्थाले आर्थिक वर्ष ०८१÷०८२ को भदौ मसान्तसम्म ४ अर्ब ११ करोड ८ लाख ८४ हजार ७७२ रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ । संस्थाले ५ हजार ५६ जना सदस्यमा उक्त रकम लगानी भएको जनाएको हो ।
संस्थाले प्रकाशन गरेको पछिल्लो वित्तिय बिवरण अनुसार शेयर पूँजी ३० करोड ४० लाख १७ हजार ३०० रुपैंयाँ रहेको र बचत ५ अर्ब १ करोड २१ लाख ४६ हजार २३६ रुपैंयाँ रहेको जनाएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा ४४ करोड ७६ लाख ७४ हजार ७७० रुपैंयाँ र अन्य कोषमा ४ करोड ५ लाख ९२ हजार ८८३ रुपैंयाँ रहेको छ ।
संस्थाको संस्थागत पूँजी ४७ करोड ९ लाख १६ हजार १७० रुपैंयाँ तथा कूल सम्पति ६ अर्ब ४५ करोड ३२ लाख ९० हजार ८३० रुपैंयाँ रहेको जनाइएको छ । संस्थामा ३४ हजार ८५२ जना सदस्य रहेका छन् । संस्थामा १ अर्ब ६३ करोड ६ लाख ९६ हजार ६७१ अर्थात ३२.५३ प्रतिशत तरलता रहेको जनइएको छ ।
Leave a comment