काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंकालागि असोज १३ गतेदेखि सुकिला नोट सटही सेवा दिने भएको छ । बैंकले असोज १३ गतेदेखि २२ गतेसम्म सबै बैंक वित्तिय संस्थाबाट साना दरका नोट साट्ने ब्यवस्था मिलाएको जनाएको छ ।
राष्ट्र बैंकका बिराटनगर, जनकपुर, बीरगञ्ज, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका साथै सबै बैंक वित्तिय संस्थाबाट नोट साट्न सकिने जनाएको हो ।

Leave a comment