काठमाडौं । जिल्ला सहकारी संघ, काभ्रको अध्यक्षमा अमन पोटे श्रेष्ठ विजयी भएका छन । संघको बुधबार भएको निर्वाचन सहितको ४३ औं बार्षिक साधारण सभाबाट श्रेष्ठ निर्वाचित भएका हुन् ।
संघमा भएको निर्वाचनमा अध्यक्षका लागि अमन पोटे श्रेष्ठ र राजन शाक्य बिच प्रतिष्प्रधा भएको थियो । प्रतिष्प्रधामा श्रेष्ठले ले १९० मत तथा शाक्यले १४९ मत पाएका थिए ।
श्रेष्ठ बनेपा बचत तथा ऋण सहकारी तथा शाक्य मोडेल बचत तथा ऋण सहकारीबाट प्रतिनिधि रहेका थिए । श्रेष्ठ नेपाली कांग्रेस निकट र शाक्य एमाले निकट सहकारीकर्मी हुन् ।
त्यस्तै महिला उपाध्यक्षमा मिरा सत्याल विजयी भएकी छन् भने, उपाध्यक्षमा शान्ति लामा तामाङ, सचिवमा प्रकाश बञ्जरा, कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा विजयी भएका छन् ।
त्यसैगरी संघको संचालक सदस्यहरुमा अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्णसागर रञ्जित, मोहनकुमार श्रेष्ठ, रोशनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी महिला सदस्यमा देवकी तिमल्सिना दाहाल निर्विरोध निर्वाचित भएकी छन् भने लेखा समिति संयोजकमा डिल्लीप्रसाद आचार्य निर्वाचित भए भने सदस्यमा पवनराज कर्णजित निर्वाचित भएका छन् । सदस्यमा बलराम मानन्धर र सुदर्शन अधिकारीले बराबरी मत पाएका थिए ।
Leave a comment