पोखरा रोयल साकोसको असोज ३ गतेदेखि एकाइगतरुपमा साधारण सभा हुने (सूचना सहित)

पोखरा रोयल साकोसको असोज ३ गतेदेखि एकाइगतरुपमा साधारण सभा हुने (सूचना सहित) :: Sahakari Akhabar

काठमाडौं । पोखराको बुद्धचोकमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा आगामी असोज ३ गतेदेखि एकाइगत रुपमा हुने भएको छ । संस्थाले सूचना प्रकाशन गरी असोज ३ गतेदेखि ७ गतेसम्म साधारण सभा कार्यक्रम हुने जनाएको छ।

संस्थाले प्रकाशन गरेको सूचना अनुसार संस्थाको प्रधान कार्यालयको असोज ३ गते, भण्डारढिक र मोहरिया सेवाकेन्द्रको असोज ५ गते साथै दुलेगौंडा सेवाकेन्द्रको पनि असोज ५ गते र एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा असोज ७ गते हुने जनाइएको छ।

सभामा आर्थिक वर्ष ०८० / ०८१ मा १५ करोड २ लाख ४० हजार शेयर पूँजी, १ अर्ब ९१ करोड ४९ लाख बचत तथा १ अर्ब ६७ करोड ४६ लाख १२ हजार ऋण लगानीमा रहेको प्रतिवेदन प्रस्तुत हुनेछ । त्यसैगरी संस्थाले उक्त आवमा कोषमा २१ करोड १७ लाख रहेको जनाएको छ भने ६ करोड ८३ लाख ४९ हजार संचालन बचत गरेको छ ।

त्यसैगरी २ अर्ब ५२ करोड १८ लाख ७३ हजारको कूल वासलात सभामा प्रस्तुत हुनेछ । सभामा संचालक समिति, लेखा समितिको प्रतिवेदनका साथै लेखापरिक्षण प्रतिवेदनहरु प्रस्तुत हुनेछन् । त्यसैगरी सभामा विशेष प्रस्ताव समेत रहेने जनाइएको छ ।

साधारण सभामा विशेष प्रस्ताव राख्नुपर्ने भएमा असोज १ गते कार्यालय समय भित्र लिखित रुपमा पेश गर्नुपर्ने जनाइएको छ । वार्षिक साधारण सभाको प्रतिवेदन संस्थाको प्रधान कार्यालय तथा सेवा केन्द्रका साथै संस्थाको वेबसाईटमा रहेको संस्थाले जनाएको छ। आफ्नो जिज्ञासा, राय तथा सुझाव संस्थाको फेसबुक पेजमा राखिएको गुगल फर्म भरि असोज १ गते भित्र पठाईदिन सकिने संस्थाले जनाएको छ ।



Leave a comment