आईडियल सहकारीको जगेडा कोष सवा ११ करोड पुग्यो

आईडियल सहकारीको जगेडा कोष सवा ११ करोड पुग्यो :: Sahakari Akhabar

काठमाडौं । राजविराज ४, सप्तरीमा रहेको आईडियल सहकारी संस्थाले चालु आर्थिक वर्षको साउन महिनाको अपरिष्कृत वित्तीय बिवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार सेयर पूँजी १२ करोड १२ लाख ४३ हजार २ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी संस्थाको जगेडा कोषमा ११ करोड २५ लाख रुपैयाँ, विभिन्न कोषमा ६७ लाख तथा संस्थागत पूँजी ११ करोड ७४ लाख रुपैयाँ पुगेको छ । १ अर्ब १ करोड ३७ लाख बचत रहेको संस्थामा ७८ करोड ३ लाख रुपैयाँ लगानीमा रहेको जनाइएको छ ।

१ अर्ब ४० करोड ३३ लाख कूल सम्पती रहेको संस्थासँग ४५ करोड ६३ लाख रुपैयाँ अर्थात ४५ प्रतिशत तरलता रहेको छ । १६ हजार ५ सय २७ जना सेयर सदस्य रहेको संस्थाबाट १ हजार २ सय १६ जनाले ऋण सुविधा लिएको संस्थाका ब्यवस्थापक बिनोदकुमार साफीले जानकारी दिए ।



Leave a comment