काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ उत्कृष्ट ब्यवस्थापक घोषणा भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३७ औं स्थापना दिवसको अवसरमा गुरुङलाई उत्कृष्ट ब्यवस्थापक घोषणा गरेको हो ।
संघले साउन ३२ गते स्थापना दिवस कार्यक्रम गरी विभिन्न क्षेत्रबाट सहकारी अभियानमा योगदान गर्ने ब्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कृत गर्ने घोषणा गरेको हो । कार्यक्रममा सुनवल १ नवलपरासीमा रहेको सयपत्री बचत तथा ऋण सहकारीले नेफ्स्कून सर्वोत्कृष्ट साकोस सम्मान पाउने भएको छ ।
त्यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ नेफ्स्कून सर्वोत्कृष्ट संघ घोषणा भएको छ । नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट सदस्य संस्थामा कोशी प्रदेशबाट मनकामना बचत तथा ऋण सहकारी मोरङ, मधेस प्रदेशबाट बर्दिबास बचत तथा ऋण सहकारी बर्दिबास, महोत्तरी घोषणा भएका छन ।
त्यसैगरी बागमती प्रदेशबाट हिमाली बाह्मी बचत तथा ऋण सहकारी भरतपुर चितवन, गण्डकी प्रदेशबाट संगम बचत तथा ऋण सहकारी पोखरा कास्की, लुम्विनी प्रदेशबाट विजय फुलबारी बचत तथा ऋण सहकारी प्युठान घोषणा भएका हुन् ।
त्यसैगरी ग्रामिण बचत तथा ऋण सहकारी सल्यान कर्णाली प्रदेशस्तरीय उत्कृष्ट साकोस र सिर्जना बचत तथा ऋण सहकारी संस्था कञ्चनपुर सुदुरपश्चिम प्रदेशस्तरीय उत्कृष्ट साकोस घोषणा भए । सभामा नेफ्स्कूनका पूर्व संचालक कृष्ण बहादुर घजुलाई नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान तथा नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कार एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीलाई प्रदान गरिने घोषणा गरिएको छ ।
त्यसैगरी सहकारी विभागका पूर्व रजिष्ट्रार विष्णुहरि पौडेललाई नेफ्स्कून उत्प्रेरणा अभिनन्दन गरिने जनाइएको छ भने नेफ्स्कून केन्द्रीय कार्यालयमा कार्यरत कार्यालय सहयोगी अजिता सापकोटालाई नेफ्स्कूनमा कार्यरत उत्कृष्ट कर्मचारी भोषणा भएकी छन् । त्यसैगरी नेफ्स्कून पत्रकारिता पुरस्कार विकास न्यूज डटकमका सह सम्पादक सन्तोष रोकायालाई प्रदान गर्ने घोषणा भएको छ ।
नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापकमा कोशी प्रदेशबाट गोपाल देउजा, कनकलक्ष्मी बचत तथा ऋण सहकारी मोरङ, मधेस प्रदेशबाट कविताकुमारी कार्की, नन्देश्वर महिला बचत तथा ऋण सहकारी सर्लाही घोषणा भएका छन् ।
त्यसैगरी बागमती प्रदेशबाट सुदर्शन चौलागाई, चमेली कल्याणकारी बचत तथा ऋण सहकारी भक्तपुर,गण्डकी प्रदेशबाट नवराज श्रेष्ठ, भिमकुल बचत तथा ऋण सहकारी संस्था गोरखा घोषणा भए । त्यसैगरी लुम्विनी प्रदेशबाट मञ्जु गोदार, नमुना महिला बचत तथा ऋण सहकारी संस्था रुपन्देही, कर्णाली प्रदेशबाट विपिन गुरुङ, जनसेवक बचत तथा ऋण सहकारी संस्था दैलेख र सुदुरपश्चिमबाट लालबहादुर भण्डारी, तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था, कैलाली उत्कृष्ट घोषणा भए । नेफ्स्कूनले उक्त पुरस्कार तथा सम्मान संघको साधारण सभामा प्रदान गर्ने छ ।
Leave a comment