काठमाडौं । सहकारी सेवासहितको ब्यवसायका रुपमा लिइन्छ । ब्यक्ति समाज र राष्ट्रको आर्थिक सामाजिक र सास्कृतिक उत्थानकालागि सहकारीले कर्म गर्नुपर्छ भनिएको छ ।
यसैको उदाहरण हो कोशी प्रदेश झापामा रहेको कर्णाली बचत तथा ऋण सहकारी । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले एक आर्थिक वर्षमा सामाजिक कर्मकोलागि साढे तीन करोड बढी खर्च गरेको छ ।
संस्थाले सदस्य र समुदयकालागि विभिन्न ९ वटा शीर्षकमा ३ करोड ४९ लाख १८ हजार १४४ रुपैंयाँ बितरण गरेको जनाएको छ । संस्थाले ३ हजार ७ सय ६५ जनालाई उपचार खर्च, सुत्केरी खर्च, मृत्यु राहतलगायतमा सदस्यलाई राहत बितरण गरेको हो ।
झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको संस्थाले आफ्ना सदस्यको विशेष उपचार कोषमा आवद्ध ४५९ जना सदस्यको स्वास्थ्य उपचारमा १ करोड २० लाख ६५ हजार ८८७ रुपैयाँ खर्च भएको जनाएको छ ।
त्यसैगरी संस्थाले ७९१ जना सदस्यलाई साधारण उपचार सुविधा वापत ५० लाख ३४ हजार २६३ रुपैयाँ खर्च गरिएको लेखा विभाग प्रमुख लक्ष्मी भट्टराईले जानकारी दिए ।
संस्थाका सदस्य तथा परिवारका सदस्यको निधन भएमा समवेदनासहित मानोचामल र मृत्यु राहतबापत १ हजार ५५५ सदस्यको सुविधामा १ करोड १७ लाख ८४ हजार २१८ रुपैयाँ खर्च गरेको जनाइएको छ ।
संस्थाले ७३९ जना सदस्यलाई सुत्केरी सुविधावापत ३० लाख १४ हजार खर्च गरिएको जनाएको छ । यसैगरी संस्थाका ऋणि सदस्यहरुको मृत्यु भएमा उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गर्ने नीति लिएको संस्थाले २० जनाको १६ लाख २८ हजार ७९६ रुपैयाँ कर्जा मिनाहा गरिएको जनाइएको छ ।
त्यसैगरी संस्थाले बालबालिकाको शिक्षामा हौसला प्रदान गर्न छात्रवृत्ति उपलब्ध गराउने नीति अनुसार गत आवमा ७२ जनालाई ५ लाख ३९ हजार २०० रुपैयाँ खर्च गरेको छ । यसरी नै ज्येष्ठ नागरिकलाई भत्ता शीर्षकमा गत आवमा ५७ जनालाई ३ हजारका दरले १ लाख ७१ हजार रुपैयाँ वितरण गरिएको छ ।
संस्थाले ७१ जना सदस्यहरुलाई १ लाख ८० हजार ७५० रुपैयाँ विविध सुविधा प्रदान गरेको तथा सदस्यहरुको रकम सुरक्षाका लागि ५ लाख रुपैयाँको बचत बीमा समेत गरिएको जनाइएको छ।
तीन जिल्लाका ४२ स्थानमा सेवा केन्द्रहरु विस्तार गरेको संस्थाले सदस्यहरुको विशेष उपचार कोषको ब्यवस्था गरेको छ । सो कोषको सदस्य बनेकाहरुलाई विभिन्न दुर्घटना वा रोगको उपचार गर्दा संस्थाबाट १० लाख रुपैयाँसम्म उपचार खर्च ब्यहोर्ने नीति बनाइएको जनाइएको छ ।

संस्थाको आर्थिक वर्ष २०८० / ०८१ को असार मसान्तको वित्तीय बिवरण अनुसार शेयर पूँजी ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ तथा बचत २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैंयाँ रहेको छ । ५६ हजार ४०९ जना शेयर सदस्य रहेका छन् भने १५ हजार ३५० जनाले संस्थाबाट ऋण कारोबार गरिरहेको जनाइएको छ ।
संस्थाको ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी १५ करोड ६२ लाख ९८ हजार ४७२ रुपैंयाँ रहेको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा १३ करोड ६३ लाख ४९ हजार २४४ रुपैयाँ पुर्याएको छ भने विभिन्न कोषमा थप १२ करोड ९२ लाख ९६ हजार ४०२ रुपैंयाँ रहेको जनाइएको छ ।
संस्थाको कूल सम्पत्ति ४ अर्ब ५२ करोड ८२ लाख ८८ हजार ९३० रुपैंयाँ रहेको छ भने असार मसान्तमा संस्थामा २० दशमलव ७२ प्रतिशत अर्थात ५७ करोड ७६ लाख ६७ हजार ८२८ रुपैंयाँ तरलता रहेको छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया