हाइलाइट

सहकारीको आयकरलाई पूर्ववत दर कायम गर्न प्रयत्न गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

सहकारीको आयकरलाई पूर्ववत दर कायम गर्न प्रयत्न गर्ने अर्थमन्त्रीको प्रतिबद्धता :: Sahakari Akhabar

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकरलाई पूर्ववत रुपमा कायम गर्न प्रयत्न गर्ने जनाएका छन् । उनले नगरपालीका, उपमहानगरपालीका र महानगरपालीकामा क्रमश ५, ७ र १० प्रतिशतको दर कायम गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पछिल्लो पटक सहकारीमा सतप्रशित आयकर बृद्धि गरी नगर, उपमहानगर र महानगरमा क्रमशः १०, १५ र २० प्रतिशत दर रहेको छ ।

महसंघले आर्थिक अध्यादेश पिच्छे सहकारीमा लाग्ने कर फरक फरक आउने गरेकोले सहकारी ऐन, २०७४ मा भएका करका व्यवस्था बमोजिम आर्थिक ऐनमा समेत स्पष्ट व्यवस्था हुनुपर्ने जनाएको छ । कर अनुपालना वृद्धि गर्न कर सचेतना, कर तालीम कार्यक्रमहरु महासंघ मार्फत गर्न वजेटको प्रवन्ध मिलाउने माग समेत गरेको छ ।

अर्थमन्त्री पौडेलले राष्ट्रिय सहकारी महासंघका प्रतिनिधिसंग सहकारी अभियानको प्रवद्र्धन तथा शिक्षा तालीमका क्रियाकलापहरु अघि वढाउन र सहकारी ऐन नियमका प्रवद्र्धनकारी व्यवस्थाहरु कार्यान्वयन गर्नेतर्फ पनि आफ्नो ध्यान केन्द्रीत गर्ने बताए ।

सहकारी ऐन नियम र तिन खम्वे अर्थनीतिको भावना वमोजीम सहकारी अभियान अघि वढाउन सरकार प्रतिवद्ध रहेको अर्थमन्त्रीका ेभनाइ छ । उनले वर्तमान अवस्थामा सहकारी खराव हो भन्ने भाष्य श्रृजना गर्न खोजीएकोले सहकारीकर्मीहरुलाई सजग हुन भनेका छन् ।

उनले सहकारीका विकृति विसंगति चिरफार गर्न आवश्यक रहेको बताए । उनले भने ‘सिद्धान्तत सहकारी स्वनियमित अभियान भएकोले स्वनियमको मर्म नमर्ने गरी नियमनका प्रावधानहरु गंभीरतावूर्वक छलफल गरी ल्याउनु पर्छ ।’महासंघका अध्यक्ष ओमदेवी मल्लले अर्थमन्त्री पौडेललाई सहकारी क्षेत्रका समस्या र समाधानका सुझाव सहितको १८ वुँदे मागपत्र बुझाएकी छन् ।



Leave a comment