हाइलाइट

अव सहकारीका सदस्यले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्नसक्ने

अव सहकारीका सदस्यले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्नसक्ने :: Sahakari Akhabar

काठमाडौँ । अव सहकारीका सदस्यले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्नसक्ने भएका छन् । यसकलागि नेपालभर ५ सय सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको एम बैंक (मोबाइल बैंकिङ) र रेमिट कम्पनी आइएमईबिच सम्झौता भएको छ ।

सम्झौतासँगै एमबैंक सँग आबद्ध सहकारीका सदस्यहरूले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मागर्न सक्ने भएका हुन् । मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम ‘एम बैंक’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् ।

जसका लागि आईएमई र एम बैंक टेक्नोलोजी बिच शुक्रबार सम्झौता भएको हो । आईएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैंकले लिएको प्रमुख महासेठले जानकारी दिए । शुक्रबारबाट ९ औँ वर्षमा प्रवेश गरेको एम बैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी हो ।

स्थापना दिवसकै अवसरमा आईएमईसँग सहकार्य गरी रेमिट्यान्स सेवालाई सुरुवात गरिएको उनले जनाए । एम बैंकमार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, बिजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अरू विभिन्न सेवाहरू सहजै लिन सक्नेछन् ।



Leave a comment