काठमाडौं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ९.९९ प्रतिशत ब्याजदरमा एक करोडसम्म ऋण लगानी गर्ने भएको छ । ३८ प्रतिशत तरलता रहेको संस्थाले सयदिने ऋण लगानी योजना ल्याएको संस्थाका सूचना अधिकारी मिलन ढकालले जानकारी दिए।
संस्थाले असार मसान्तसम्म १ अर्ब ६७ करोड ४६ लाख १२ हजार २३४ रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ । ९ हजार ३५६ जना सदस्य रहेको संस्थामा १ हजार ३२३ जनाले ऋण सेवा लिइएका छन् । त्यसैगरी शेयर पूँजी १५ करोड २ लाख ४० हजार तथा बचत १ अर्ब ९१ करोड ४९ लाख रुपैंयाँ रहेको छ।
संस्थाको जगेडा कोषमा १९ करोड ९४ लाख १३ हजार २७५ तथा बिभिन्न कोषमा ११ करोड २० लाख ९७ हजार ५०३ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थागत पूँजी १९ करोड ९४ लाख १३ हजार २७५ रुपैंयाँ रहेको जनाइएको छ । संस्थाको कूल सम्पत्ति २ अर्ब ५२ करोड १८ लाख ४५ हजार ९८२ रुपैंयाँ रहेको छ । संस्थामा ७१ करोड ७३ लाख ७९ हजार ९९६ रुपैंयाँ तरलता रहेको छ।
कास्की, स्याङ्जा तनहुँ र लमजुङ जिल्ला कार्यक्षेत्र बनाएर सदस्यलाई सेवा दिइरहेको संस्थाका दुईवटा सेवाकेन्द्र रहेका छन् भने ३८ जना कर्मचारी कार्यरत रेहेको सूचना अधिकारी ढकालले जानकारी दिएकाछन् । संस्थाले सदस्यलाई मोबाइल बैंकिङ, एटिएम सेवा, क्यूआर सेवा तथा एसएमएस बैंकिङ सेवा दिइरहेको छ।
Leave a comment