काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल सहकारीका ऋणी सदस्यलाई ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ । समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूलाई ऋण तिर्न आउनेबारेको ३५ दिने सूचना प्रकाशन गरेको हो ।
समितिले प्रथम पटक असार ७ गते सूचना प्रकाशित गरेको छ । सूचनामा बागमती प्रदेशले समस्याग्रस्त घोषित सिभिल सहकारी संस्थाका ऋणहरुले सो संस्थाबाट उपभोग गरेको ऋण कर्जा रकमको सावाँ ब्याज सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र बुझाउन भनेको छ ।
कर्जाको सावा तथा ब्याज समितिको बैंक खातामा जम्मा गरि सोको भैचार समितिको कार्यालयमा पेश गर्न भनेको हो । साथै समयभित्र आफूले उपभोग गरेको ऋण कर्जाको दायित्व राफसाफ नगरेको खण्डमा प्रदेश सहकारी ऐन, बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोवार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राखी कारवाही हुने जनाएको छ ।
सूचनाः

Leave a comment