हाइलाइट

नवजिवन सहकारीको वित्तिय बिवरण सार्वजनीक

नवजिवन सहकारीको वित्तिय बिवरण सार्वजनीक :: Sahakari Akhabar

काठमाडौं । धनगढीमा मुख्य कार्यालय रहेको नवजिवन सहकारी संस्थाले आर्थिक वर्ष २०८०र०८१ को वित्तिय बिवरण सार्वजनीक गरेको छ । संस्थाले सार्वजनिक गरेको बिवरण अनुसार संस्थाले यो वर्ष १७ करोड १५ लाख मुनाफा आर्जन गरेको जनाएको छ ।

संस्थाको सेयर पूँजी ३० करोड ८० हजार र जगेडा कोषमा ४४ करोड ७६ लाख ७४ हजार तथा अन्य कोषमा ४ करोड २० लाख १ हजार रुपैयाँ पुगेको जनाएको छ । संस्थाले ५ अर्ब १ करोड ३९ लाख निक्षेप संकलन गरेको छ भने करिब ४ अर्ब लगानी रहेको जनाएको छ । तरलता १ अर्ब ६७ करोड ७६ लाख ७७ हजार रहेको छ ।

६४ जना सदस्य सुरु भएको नवजिवन सहकारीमा हाल ३३ हजार बढी सेयर सदस्य रहेका छन । आर्थिक संकटको बीचमा पनि संस्थाले गत आवको भन्दा करिब ५ करोड रुपैयाँ बढी मुनाफा गर्न सफल भएको र सहकारी सकंटमा रहेको समयमा पनि नवजिवनले थप उचाइ पाएको संस्थाका अध्यक्ष देव बहादुर बमले बताए ।

देशभरी कार्यक्षेत्र रहेको संस्थाले हाल कैलाली, कञ्चनपुर र बर्दियामा गरी १० वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ । डडेल्धुरा र काठमाडौंमा समेत सेवा केन्द्र सञ्चालनका लागि संस्थाले अनुमती पाइसकेको छ । संस्थाले आफ्नो कारोबार सञ्चालनका लागि अत्याधुनिक बैकिंङ सप्टवेयर प्रयोग गर्नुका साथै एटिएम र मोवाइल बैकिंङ सेवाहरु समेत प्रदान गरिरहेको संस्थाका प्रवन्धक डम्मर गुरुले जानकारी दिएका छन् ।

उनले संस्थाले प्रधान कार्यालय, धनगढी सेवा केन्द्र, टिकापुर सेवा केन्द्र, बासगढी, बर्दिया, अत्तरिया सेवा केन्द्रमा आफ्नै भवनबाट सेवा दिइरहेको छ भने सुख्खड र जोशिपुर सेवा केन्द्रमा भवन निर्माणका लागि जमिन खरिद गरिसकिएको पनि बताए ।



Leave a comment