हाइलाइट

शुभप्रवा साकोसको असारमसान्तको वित्तिय बिवरण सार्वजनिक 

शुभप्रवा साकोसको असारमसान्तको वित्तिय बिवरण सार्वजनिक  :: Sahakari Akhabar

काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाले असार मसान्तको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको बिवरण अनुसार शेयर पूँजी ९ करोड १८ लाख ९५ हजार रुपैंयाँ तथा कूल बचत ५७ करोड ३८ लाख ७९७ रुपैंयाँ रहेको जनाएको छ।

त्यसैगरी संस्थाको जगेडा कोषमा ४ करोड ४३ लाख ८५ हजार ४७२ रुपैंयाँ रहेको छ भने, विभिन्न कोषहरुमा ७ करोड ८४ लाख ७१ हजार ४५५ रुपैंयाँ रहेको जनाइएको छ । ४ करोड ५९ लाख ३४ हजार ७५७ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थामा ८२ करोड ४७ लाख २७ हजार ४३७ रुपेंयाँ कूल सम्पत्ति रहेको छ।

त्यसैगरी १ हजार ४ सय ७४ जना सदस्य रहेको संस्थामा ५२७ जना ऋणी सदस्य रहेका छन् । संस्थाले ३४ करोड ६१ लाख ८० हजार ४४१ रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ । संस्थामा १९ करोड ५९ लाख ९७ हजार १९१ रुपैंयाँ अर्थात ३४.१५ प्रतिशत तरलता रहेको जनाएको छ।



Leave a comment