कोशी प्रदेशका सहकारीसंग मिरा इआरपीको ‘सहकारीमा प्रविधि’ कार्यक्रम 

कोशी प्रदेशका सहकारीसंग मिरा इआरपीको ‘सहकारीमा प्रविधि’ कार्यक्रम  :: Sahakari Akhabar

काठमाडौ । नियोसिस टेक्नोलोजीको सहकारी सफ्टवेयर मिरा इआरपिले कोशी प्रदेशका सहकारीहरुसंग ‘सहकारीमा प्रविधि’ कार्यक्रम गरेको छ । प्रदेशका झापा, मोरङ र सुनसरीका सहकारीमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा ‘सहकारीमा प्रविधि’ अवसर र चुनौतीको विषयमा छलफल गरेको हो । कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले सहकारी क्षेत्रलाई प्राबिधिको माध्यमवाट थप सुशासित, मर्यादित, पारदर्शी र विश्वासिलो बनाउन सकिने बताए । उनले उक्त कार्यकालागि संघले योजना बनाएर अघि बढेको भन्दै लामो अनुभवका आधारमा मिरा ईआरपी सफ्टवेयरको विकास र विस्तारलाई अघि बढाइएको बताए ।

साकोसहरुका आवश्यकता पुरा गर्न मिरा ईआरपी सफल हुने उनको दावी थियो । सहकारीमा सुशासनका लागि प्रविधिमा एकरुपता आवश्यक भएको भन्दै महासचिव अधिकारीले वित्तीय सहकारीको सबै आवश्यकता समाधानको रुपमा मिरा ईआरपी विकास गरिएको जानकारी दिए ।

समयसँगै सफ्टवेयरलाई पनि अपडेट गर्दै लगिएको भन्दै सबै वित्तीय सहकारीमा प्रविधि एकरुपता ल्याउन सम्भव भएको बताए । उनले भने,‘सञ्जाल व्यवस्थापनका लागि अबको एकमात्र समाधान मिरा ईआरपी हो ।’ कार्यक्रममा रारा डिजिटल ल्याबका सिईओ मनोज घिमिरेले मिरा ईआरपीका फिचरहरु बारे जानकारी दिएका थिए ।

उनले वित्तीय क्षेत्रकैलागि मिरा ईआरपीलाई मिहेनत गरेर अगाडि सारिएको बताए । उनले साकोसहरुका आवश्यकताहरुलाई सम्बोधन गर्ने गरी सफ्टवेयरको बिकास गरिएको बताए । उनले कानूनीरुपमा र डाटा सुरक्षाको दृष्टिकोणमा पनि मिरा ईआरपी विश्वसनीय भएको बताए ।



Leave a comment