हाइलाइट

सहारा नेपाल साकोसको कूलसम्पत्ति १६ अर्व ३० करोड नाघ्यो

सहारा नेपाल साकोसको कूलसम्पत्ति १६ अर्व ३० करोड नाघ्यो :: Sahakari Akhabar

काठमाडौं । झापाको विर्तामोडमा रहेको सहारा नेपाल बचत तथ ऋण सहकारी संस्थाले बैशाख महिनाको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाको चैत्र मसान्त पछिको वित्तिय बिवरणमा बृद्धि गरेको छ । संस्थाले प्रकाशन गरेको बिवरण अनुसार संस्थाको कूल सम्पत्ति १६ अर्व ३० करोड ६२ लाख ८९ हजार ८६ रुपैंयाँ रहेको छ । संस्थाको चैत्र मसान्तमा १६ अर्व २१ करोड २५ लाख ८९ हजार ७७८ रुपैंयाँ रहेको थियो ।

त्यसैगरी संस्थाको कूल सदस्यको ४२ प्रतिशत सदस्यमा ऋण पहुँच पुगेको पाइएको छ । संस्थाका १ लाख ७१ हजार १६१ सदस्य मध्ये ७० हजार ३४ जना सदस्यले ऋण सेवा पाएको जनाइएको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार ७० हजार ३४ जना सदस्यमाझ १० अर्व ९५ करोड ३९ लाख ८७ हजार ५७५ रुैपैंयाँ ऋण लगानी गरेको छ ।

त्यसैगरी संस्थामा १ अर्व ६८ करोड ६ लाख ९ हजार ६ सय रुपैंयाँ शेयर पूँजी तथा १२ अर्व ४६ करोड ६३ लाख १७ हजार रुपैंयाँ बचत रहेको जनाएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा १ अर्व २४ करोड २ लाख १७ हजार ४३० रुपैयाँ र विभिन्न कोषहरुमा ५१ करोड ५९ लाख ३३ हजार ३९२ रुपैंयाँ रहेको जनाइएको छ ।

संस्थामा १ अर्व २७ करोड ७६ लाख ८९ हजार ४७७ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाले जनाएको छ। बाह्य ऋण शुन्य प्रशितमा झारेको संस्थामा ४ अर्व ४ करोड ५ लाख ४० हजार ७८९ रुपैंयाँ अर्थात ३२.४२ प्रशित तरलता रहेको जनाइएको छ । संस्थाका झापा, सुनसरी, मोरङलगायत ६ वटा जिल्ला कार्यक्षेत्र रहेका छन् ।



Leave a comment