काठमाडौं । दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोष साढे ६ करोड बढी पुगेको छ । संस्थाको कोष बलियो भएको संस्थालाई दिगो सहकारीका रुपमा हेरिने गरिएको छ ।
संस्थाले प्रकाशित गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार बैशाख मसान्तसम्म जगेडा कोषमा ६ करोड ५२ लाख ८३ हजार पुगेको हो । त्यसैगरी संस्थाको अन्य कोषमा २ करोड ६२ लाख रुपैंयाँ रहेको जनाइएको छ ।
विवरण अनुसार शेयर पुँजी ११ करोड ६९ लाख ७० हजार रुपैंयाँ, बचत संकलन १ अर्ब १२ करोड ६६ लाख ४४ हजार रुपैंयाँ र तरलता १६ करोड ९१ लाख ९० हजार रुपैंयाँ रहेको जनाइएको छ ।
संस्थाले १ अर्ब ७ करोड ६४ लाख ६९ हजार रुपैंयाँ ऋण लगानी गरेको छ भने १ अर्ब ३८ करोड ९३ लाख ६६ हजार रुपैंयाँ कुल सम्पत्ती पुगेको छ । संस्थामा ७ हजार ८७६ पुरुष र ७ हजार ८०५ जना महिला गरी १५ हजार ७९५ जना सदस्य रहेका छन् । कुल सदस्य मध्ये २ हजार ४३५ जना ऋणी सदस्य तथा ४ हजार ३१३ बाल बचतकर्ता रहेका छन् ।
Leave a comment