हाइलाइट

इन्द्रराज ज्योती पौडेलको नजरमा सहकारीमा समस्या आउनुका मूल कारणहरुः

इन्द्रराज ज्योती पौडेलको नजरमा सहकारीमा समस्या आउनुका मूल कारणहरुः :: Sahakari Akhabar

नेफ्स्कूनका लेखा समिति संयोजक इन्द्रराज ज्योती पौडेलले बर्तमान अवस्थामा सहकारी अभियानमा देखिएका समस्याको प्रमुख कारणलाई विकृतिका रुपमा पनि ब्याख्या गरेका छन् । उनले यी कुरामा सजग रहन सके सहकारीका समस्यामा सुधार आउने समेत सुझाव दिएका छन् । 

१) राजनैतिक प्रभाव बढी भएका संस्था र राजनैतिक केन्द्रबाट संरक्षणप्राप्त ब्यक्तिहरु संचालक भएका सहकारीहरु ।
२) केन्द्रमा दताभई देश भरी कार्यक्षेत्र राखेर देशभरी सेवाकेन्द्र , खोल्ने जनतासंग पैसा उठाउने र केही समय पछि भाग्ने प्रबृति ।
३) संचालक समिति त्यसमा पनि पदाधिकारीहरुको नियतिमा खोट, हामी मालिक हौ, हामीले जे गरे पनि हुन्छ भन्ने हैकमबादी प्रबृत्ति र सोच । नियतिमा नै खोट भए पछि नीतिनियमले पनि केही गर्न नसक्ने रहेछ ! सबै भन्दा ठुलो नियति र सोच रहेछ !
४) गैह्र जिम्मेवार संचालक, निरिह कर्मचारी मनपरि आफ्ना मान्छेलाई , साथै आआफै ऋण लिने र नतिर्ने प्रबृति ।
५) जनताको पैसा घरजग्गा, हाउजिड, हाईड्रोपावरजस्ता क्षेत्रमा नीति नियमको पालना नगरी जथाभावी बेरोक टोक लगानी गर्नु।
६) ऋण तिर्नु पैर्दैन भन्ने दुर्गा प्रसाई जस्तालाई सरकारले बेलगाम छाडा छोडिदिनु ऋण तिर्दैनौँ भन्न्ने ऋणी, प्राडोमा घुम्ने अनि निरिह संचालक जेलजानु पर्ने अवस्था  आउनु ।
७) विश्वब्यापि आर्थिक मन्दीको असर ब्यापार ब्यवसायमा पर्नु, ब्यापार ब्यवसाय नचल्नु र चाहेर पनि तिर्न नसक्नु ।
८) सरकारी नीति सहकारीका लागि पर्याप्त नहुनु, भएका पनि एकआपसमा बाझिनु, कार्यान्वयनमा ल्याउन नसक्नु ।
९) सरकारको सहकारी प्रति उदासिनता र बेवास्ता साथै आवश्यक सहयोग नगर्नु, नीति निर्माणमा ढिलाई गर्नु ।
१०) लेखा सुपरिवेक्षण समितिको निस्कृयता, कतै कही सकृय भएपनि लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई संचालक समितिले बेवास्ता गर्नु ।
११) कतै कतै कर्मचारी र संचालकको मिलोमतो हुनु ।
१२) पल्र्स मनिटरिङ टुललाई बेवास्ता गर्नु, प्रयोगमा नल्याउनु र वित्तीय विष्लेषण नगर्नु, गर्न नसक्नु ।
१३) वचत तथा ऋण बाहेक अन्य कृषि, बहुउद्देश्यीय, दुग्ध, चिया, कफी, बिजुली, सञ्चार जस्ता सबैखाले सहकारीले जथाभावी बचत तथा ऋण कार्यक्रम संचालन गर्नु ।
१४) बिषयगत केन्द्रिय संघ र महासंघले प्रभावकारी भूमिका खेल्न नसक्नु । (ब्यक्तिगत रुपमा भन्ने हो भने, एकजना ‘म’ पनि पर्छु हामीले नसकेकै हो )



Leave a comment