काठमाडौं । झापाको विर्तामोडमा रहेको सहारा नेपाल बचत तथ ऋण सहकारी संस्थाको कूल सम्पत्ति १६ अर्व नाघेको छ । संस्थाले प्रकाशन गरेको चैत्र मसान्तको वित्तिय विवरण अनुसार संस्थाको कूल सम्पत्ति १६ अर्व २१ करोड २५ लाख ८९ हजार ७७८ रुपैंयाँ रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाका कूल सदस्यको ४१ प्रतिशत सदस्यमा ऋण पहुँच पुगेको पाइएको छ । संस्थाका १ लाख ७० हजार २९० सदस्य मध्ये ६९ हजार ६७३ जना सदस्यले ऋण कारोबार गरेका छन् ।
संस्थाले प्रकाशन गरेको चैतको विवरण अनुसार ६९ हजार ६७३ जना सदस्यमाझ १० अर्व ९० करोड ८० लाख २२ हजार ६७१ रुैपैंयाँ ऋण लगानी गरेको छ । त्यसैगरी संस्थामा १ अर्व ६८ करोड १२ लाख ३३ हजार ५०० रुपैंयाँ शेयर पूँजी तथा १२ अर्व ३० करोड ४५ लाख ५७ हजार रुपैंयाँ बचत रहेको जनाएको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १ अर्व २४ करोड २ लाख १७ हजार ४३० रुपैयाँ र विभिन्न कोषहरुमा ४५ करोड ५० लाख ३० हजार ४९२ रुपैंयाँ रहेको जनाइएको छ । संस्थामा १ अर्व २७ करोड ७६ लाख ८९ हजार ४७६ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाले जनाएको छ ।
हाल बाह्य ऋण शुन्य प्रशितमा झारेको संस्थामा ४ अर्व १ करोड ४५ लाख ९५ हजार ६३० रुपैंयाँ अर्थात ३२.६३ प्रशित तरलता रहेको जनाइएको छ । संस्थाका झापा, सुनसरी, मोरङलगायत ६ वटा जिल्ला कार्यक्षेत्र रहेका छन् ।
Leave a comment