हाइलाइट

सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिए : प्रा.डा. स्थापित

सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिए : प्रा.डा. स्थापित :: Sahakari Akhabar

काठमाडौं । नेपाल खुला विश्व विद्यालयका प्रा. डा. अरहन स्थापितले सहकारीलाई सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिएको बताएका छन् ।

उनले  सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिएको र सहकारी प्रति नकारात्मक सूचना प्रवाह हुदा दक्ष जनशक्ति आकर्षित नभएको बताए ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा ‘दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा.स्थापितले सहकारीमा जनशक्तिको आकषर्ण कम हुनुमा सीमित वृत्ति विकास, न्यून तलब, आकर्षक सुविधाको अभाव, अस्थिरता र जोखिमको धारणा जस्ताकुरा मुख्य रहेको उनले औल्याए ।

स्थानिय स्रोत साधन र प्रविधिको प्रयोग गरी  नयाँ उद्योग सञ्चालन गर्न सके सहकारीले लगानी वृद्धि गर्नुका साथै रोजगारी सृजना र सदस्यतामा समेत वृद्धि हुँदै जाने उनको बुझाई छ । सहकारीका लागि दक्ष जनशक्तिका लागि सिटिईभिटी र विश्व विद्यालयसँगको सहकार्यमा अघि बढ्न उनले सुझाए ।

उनले भने ‘अहिले नेपालीमा दक्ष जनशक्ती कम हुँदै गएको छ । अवसरको खोजीमा विदेश पलायन हुनेक्रम निरन्तर बढेको छ । आर्थिक रुपमा उताढ चढाव छ ।’ मुलुकमा आर्थिक, राजनीतिक स्थायित्व नभएसम्म नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा विदेशिन्छन् ।

यसलाई नकारात्मक ठान्न हुँदैन’, उनले भने, ‘रेमिटेन्सबाट धानिएको अर्थतन्त्रलाई सकारात्मक मान्न हुँदैन । यो दीगो समाधान होईन । कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्नको लागि नेपालमा नै अवसर निर्माण गर्नुपर्छ ।’

नेपालमा दक्ष जनशक्ति आकर्षिणत नहुनु राजनीतिक भाई भतिजा र भ्रष्टाचार,  रोजगारीको सिमित अवसर र घट्दो कृषि उत्पादन नै मुख्य रहेको स्थापितले बताए ।

अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा दक्ष जनशक्तिको अभाव नै मुख्य कारक रहेको उनको बुझाई छ । सहकारी संघ सस्थामा अन्धाधुन्ध लगानी हुँदा समस्या आएकाले अनुसन्धान र विश्लेषण गरेर मात्र परियोजना कार्यान्वयन गर्नु पर्नेमा उनको सुझाव छ ।

त्यसैगरी, सरोकारवालासँगको गहन छलफल बिनै नीति निमार्ण, कानुनी अनुपालन पनि अहिलेको समस्या रहेको बताए । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारीमा कर्मचारी छनोट गर्दा नै ध्यान पुर्याउनु पर्ने बताए।

भनसुन र पहँुचका आधारमा कर्मचारी नियुक्ति गरियो भने त्यसको विश्वसनियता नहुने उनको बुझाई छ । कर्मचारी छनोटमा निष्पक्ष र पारदर्शितालाई परिपालना गर्न उनको आग्रह छ । त्यसैगरी कर्मचारीको वृद्धि विकासका साथै सेवा सुविधा, निवृतिभरण एंव कर्मचारीको जीवन यापनलाई पनि ध्यान पुर्याउनु पर्ने गुरागाईले बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा दक्ष जनशक्ति आश्यकता रहेका औल्याए । जनशक्ति बिना कुनै पनि संघ संस्थाले उत्कृट सेवा दिन नसक्ने उनको बुझाई छ ।



Leave a comment