ललितपुर । हाम्रो बचत तथा ऋण ऋण सहकारी संस्थाले स्थापनाको २५ वर्ष पुरा गरेको छ । सस्थाले स्थापना दिवसको अवसरमा प्रतिबद्धता ब्यक्त गर्दै संस्था र सदस्य प्रति पूर्ण जवाफदेहि रहने प्रतिवद्धता जनाएको छ ।
२५ वर्ष अघि ललितपुर जिल्लाका ग्रामिण भेगबाट विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका लागि काठमाण्डौ उपत्यकामा आएर बासोबास गर्ने समुदायको प्रतिधित्व गर्दै २९ जना व्यक्तिबाट दर्ता भई ४९ जनाको सहभागीतामा कारोबार शुरु गरेको संस्था आज (२०८० साल फागुन १३ गते) २५ औं वर्ष पुरा गर्न सफल भएको जनएको छ ।
संस्थाले गत वर्ष २४ वर्ष पुरा भई २५ वर्ष प्रवेशको अवसरमा संकल्प गरेका २५ ओटा कार्यक्रम सम्पन्न गरी रजत वर्ष सम्पन्न गरेको जनाएको छ । भूकम्प, कोभिड १९ तथा विश्वव्यापी आर्थिक मन्दी र वित्तीय क्षेत्रमा तरलताको संकुचनमा पनि सदस्यहरुको घर घरमा गएर वित्तीय सेवा प्रदान गरेको सस्थाले जनएको छ ।
संस्था स्थापनाका २५ वर्षहरुमा संस्थाले सदस्यहरुमा बचत सम्बन्धि सचेतना जगाई बचतलाई बानीको रुपमा विकास गर्दै पूँजी निर्माण गर्ने र संकलित पूँजीलाई उत्पादनशील र उद्यमशील क्षेत्रमा ऋण लगानी गर्ने बानिको विकास गरेको जनएको छ ।
सदस्यहरु तथा समुदायमा वित्तीय सचेतना फैलाउने, विभिन्न विषयहरुमा जनसचेतना फैलाउने, सदस्यका विभिन्न अवस्थामा समाजिक सुरक्षाका कार्यहरु गर्ने, सामुदायिक सचेतना तथा सामाजिक विकासमा सहकार्य गर्ने समयानुकुल प्रविधिमा आधारित अत्याधुनिक सेवा सहित सुमदाय र सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षरुमा कार्य गर्दै आएका छौं संस्थाले जनाएको छ ।
संस्थाले २५ वर्ष पुरा गर्दा ७ हजार १८० जना सदस्य १६ करोड २७ लाख शेयर पूँजी १३ करोड ७३ लाख संस्थागत पूँजी र १ अर्व २१ करोड ३३ लाख बचत पुर्यायन सफल रहेको जनाइएको छ । संस्थाले १ अर्ब ३१ कारेड ७८ लाख ऋण लागनी र कुल सम्पती १ अर्ब ७२ करोड २७ लाख तथा ऋणी संख्या २ हजार २६७ तरलता प्रतिशत २१.१७ रहेको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले जारी गरेको प्रतिवद्धतामा संस्थाले सदस्यबाट प्राप्त गरेको विश्वास, संस्थाले सदस्य र समुदायमा प्रदान गरेको सेवा प्रति गौरव गर्दै आगामी दिनमा अझै संस्थागत विकासमा नीति विधि, पद्धती र प्रविधिको आवलम्बन गरि संस्थागत सुशासन कायम गर्दै प्रभावकारी सदस्य सेवामा लाग्ने र सेवाहरु विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘सदस्यहरुको समृद्धिका लागि कार्य गर्दै दिगो सहकारी निमार्ण गर्ने लक्ष्यसहित हाम्रो आगामी यात्रा तय भएकोले हामी संस्था र सदस्य प्रति जवाफदेहि र उत्तरदायी भएर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
Leave a comment