काठमाडौं । झापाको विर्तामोडमा रहेको सहारा नेपाल बचत तथ ऋण सहकारी संस्थाको कूल सदस्यको ४२ प्रतिशत सदस्यमा ऋण पहुँच पुगेको छ । संस्थाका १ लाख ६७ हजार ४५८ सदस्य मध्ये ७१ हजार १०८ जना सदस्यले ऋण कारोबार गरेका छन्।
संस्थाले प्रकाशन गरेको पछिल्लो विवरण अनुसार संस्थाले कुल सदस्यको ४२.४६ प्रशितले ऋण उपभोग गरेको जनाएको छ । सामान्यतय सहकारीले ऋण लगानी गर्दा कूल सदस्यको तीस प्रतिशत सदस्यले ऋण उपभोग गरेको हुनुपर्ने ब्यवस्था रहेको छ।
संस्थाको पछिल्लो विवरण अनुसार ७१ हजार १०८ जना सदस्यमाझ १० अर्व ७७ करोड २६ लाख २० हजार १७२ रुैपैंयाँ ऋण लगानी गरेको छ । त्यसैगरी संस्थामा १ अर्व ६७ करोड ८८ लाख ५६ हजार २०० रुपैंयाँ शेयर पूँजी तथा १२ अर्व ५ करोड ७७ लाख ९५ हजार ४३४ रुपैंयाँ बचत रहेको जनाएको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १ अर्व २४ करोड २ लख १७ हजार ४३० रुपैयाँ र विभिन्न कोषरुमा ४६ करोड ४ लाख ६४ हजार १०८ रुपैंयँ रहेको जनाइएको छ । संस्थामा १ अर्व २७ करोड ७६ लाख ८९ हजार ४७७ रुपैंयाँ संस्थागत पूँजी तथा १५ अर्व ९४ करोड ५१ लाख ७२ हजार ९८६ रुपैंयाँ कूल सम्पति रहेको संस्थाले जनाएको छ ।
संस्थामा ३ अर्व ८२ करोड ३३ लाख ४८ हजार १७८ रुपैंयाँ तरलता तथा बाह्य ऋण शून्य रहेको जनाइएको छ । संस्थाका झापा, सुनसरी, मोरङलगायत ६ वटा जिल्लामा कार्यक्षेत्र रहेको छ ।
Leave a comment