काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियान राम्रो हुन कै लागि अहिले समस्या आएको बताएका छन् । उनले शुसासन कायम गरी सदस्य केन्द्रीत भएर सहकारी संचालन गर्न नसकेको कारण समस्या आएको बताए ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको ‘साकोस अध्यक्षहरुको गोष्ठीमा बोल्दै अध्यक्ष सापकोटाले सहकारीले सदस्य शिक्षालाई अगाडी बढाउन सके र सदस्यले सहकारीको महत्व बुझेमा अहिलेको समस्या समाधान गर्न सकिने बताए ।
उनले सहकारी शिक्षा तथा तालिम मार्फत सदस्यलाई सहकारी बुझाउनु पर्नेमा जोड दिए । सहकारीमा शुसासन कायम गरी सदस्यको विश्वास जित्न सबै सहकारीकर्मी लाग्नु पर्ने सापकोटाले बताए ।
सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि गोष्ठीजस्ता कार्यक्रम हुनुपर्ने उनको भनाइ छ । प्रोस्कूनले यही फागुन १५ र १६ गते बागमती प्रदेशका बचत तथा ऋण सहकारी संस्थाहरुकालागि साकोस समिटको तयारी गरेको उनले जानकारी दिए ।
Leave a comment