नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको तीनवर्षको संयुक्त साधारणसभा सम्पन्न

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको तीनवर्षको संयुक्त साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको तीन वर्षको संयुक्त साधारणसभा सम्पन्न भएको छ । आज काठमाडौमा भएको साधारण सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ ।

सभामा सहकारी ऐन र नियममा सहकारीक्षेत्रको प्रवर्धन विकास तथा बिस्तारमा बाधक र संकुचन दफाहरु संसोधन नहुँदा सहकारीक्षेत्रमा समस्या परेको सहकारीकर्मीले औल्याएका छन् ।

उनीहरुले सहकारी संस्थामा बित्तिय कारोबारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी अभाव र बैक बित्तिय संस्था र सहकारी संस्थाबिच अस्वस्थ पतिस्पर्धाको कारण समस्या बढेको बताइएको छ ।

देशभरका बहुउद्देश्यीय सहकारी संस्थाहरुको साझा संघ नेपाल बहुउद्देश्यी केन्द्रीय सहकारी संघको सम्पन्न नवौ, दशौ र एघारौ साधारणसभामा उपस्थित सहकारीकर्मीले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको सहकारीमा देखिएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताएका छन् ।

साधारणसभाको उद्घाटन गर्दै संघका अध्यक्ष सुरेन्द्र भण्डारीले समस्या आउनुको मुख्य जड सरकारको वेवास्ताको कारण भएको बताए ।

उनले कोभिड–१९ तथा आर्थिक मन्दीको कारण देशको अर्थतन्त्रमा आएको समस्याको कारण बैक, बित्तिय संस्था र सहकारी संस्थाहरुमा गम्भीर असर परेको बताए ।

उनले सहकारीहरुमा परेको समस्या समाधान गर्न सरकारको मुख्य भुमिका रहेको भन्दै समस्या समाधान गर्न तत्काल कदम चाल्नुपर्ने बताए । ‘हामी आत्तिएका छैनौ, सरकारले सहकारीमा देखिएको समस्या पहिचान गरी समाधान गर्ने विषयमा अघि बढ्नु आवश्यक छ– त्यसको लागि हामी जुनसकुै बेला तयार रहेका छौ’–अध्यक्ष भण्डारीले भने ।

देशभरका संघसंग आबद्ध ४ सय ५ बहुउद्देश्यीय सहकारीका प्रतिनिधिको उपस्थितिमा भएको साधारणसभामा अध्यक्ष भण्डारीले सहकारीमा संकट आएपनि हामी माथि उठ्न थालेका छौ, सदस्यहरुको साथ लिएर अघि बढ्दा अवस्य पनि उन्नति हासिल गर्न सक्नेछौ उनले भने ।

कार्यक्रममा संघका सदस्य मनोज थापामगर र सदस्य पार्वती थापाले संघका कार्यक्रमलाई थप ब्यापक र प्रभावकारी बनाएर समस्या समाधान गर्न  अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा अधिकांश सदस्यले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार र संघ अघि बढ्नुपर्ने बताएका थिए । मुलुकको विषम परिस्थिति र सरकारको अदुरदर्शिताले गर्दा सहकारीहरुमा समस्या आएको निचोड सहकारीकर्मीको छ ।  साधारणसभामा संघको तीन वर्षको वार्षिक प्रगति प्रतिवेदन पारित गरेको थियो ।

कार्यक्रममा सहकारी ऐन, नियममा सहकारी क्षेत्रको प्रर्वद्धन, बिकास तथा बिस्तारमा बाधक तथा संकुचन पार्ने विभिन्न दफाहरु समयमा शंसोधन नहुदासहकारी ऐन, नियममा व्यवस्था भएका वचत तथा ऋण सुरक्षण सम्बन्धी दफाहरुको तत्काल कार्यान्वयन नहुदाँ,सहकारी विभागद्धारा निर्धारण गरिएको सन्दर्भ व्याजदरका कारण सहकारी ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिमको नहुदाँ, सहकारी संस्थाहरुको वित्तिय कारोवारलाई व्यवस्थित गर्न स्पष्ट कानुनको अभाव रहेको हुदाँ जोखिम रहित वित्तिय कारोवारमा समस्या आएको बताएको थियो ।

त्यस्तै सहकारीसँग सम्बन्धित समसामयिक कानुनहरु सहकारी मैत्री नहुनाले सहकारी क्षेत्रको प्रबद्र्धन साथसाथै सहकारी संस्थाहरुको लगानीमा सञ्चालित व्यवसाय बिस्तार तथा प्रवद्र्धनमा प्रभाव पारेको, देशभर संचालित प्रारम्भिक सहकारी संस्थाको वास्तविक तथ्याङक  नियामक निकायमा अभिलेख    स्थानीय तहको सहकारी ऐन तथा नीतिनियमहरु सहकारी मैत्री नभएको तथा संघिय ऐनसँग बाझिएको कारण सहकारी क्षेत्रको बिकास, बिस्तार तथा प्रवद्र्धनमा दुविधा उत्पन्न हुन पुगेको  लगायतका चुनौति औल्याएको थियो ।



Leave a comment