Sahakari Akhabar

संकट अगावै सहकारी सच्चीनु अहिलेको आवश्यकता

संकट अगावै सहकारी सच्चीनु अहिलेको आवश्यकता :: Sahakari Akhabar

सहकारी भन्ने बितिकै समुदायमा आधारित सम्पूर्णको निजी लगानिमा बराबर मुनाफा आर्जन गरी जीबनयापन सहज मद्दत पुग्नु जसलाई वित्तीय कारोबार मार्फत यसको परिचालन गर्ने गरिन्छ ।

सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठन मार्फत हरेक बर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

बिश्ववब्यापी रुपमा सन् १९९५ देखि संयुक्त राष्ट्र संघले यो दिवसलाई अंगीकार गरेको छ । हाल आएर नेपालमा पनि सहकारी आन्दोलन थप बिकसित, मुनाफा, समुदायमा समर्पित रहेर प्रभावकारी ढंगमा अगाडि बढेको छ । सहकारीको आधुनिक परिभाषा सँग हुबहू मेल खाने पहिलो सहकारीको रुपमा ।

विश्व सहकारी आन्दोलनका पिता भनेर चिनिने रोबर्ट ओवेनले सन् १८४४ मा बेलायतको रोचडेल सहरमा उपभोक्ता सहकारी संस्थाको रुपमा गठन गरिएको थियो । यसलाई सहकारीको इतिहासमा रोचडेल पायोनियर्सको नामले पनि प्रख्यात मानिन्छ ।

त्यसैगरी सन् १८४८ जर्मनीमा जनताको बैंक स्थापना गरी अनिकाल, भोकमरी परेका ग्रामीण किसानहरुलाई सहज ऋण उपलब्ध गराउने कार्यमा रैफिशनको नेतृत्वमा ऋण सहकारी अभियान सुरु भयो ।

यसरी बेलायत तथा जर्मनीबाट एउटै दशक भित्र प्रारम्भ भएको सहकारी क्रान्ति आज बिश्वभर फैलदै अमेरिका, युरोप, अस्ट्रेलिया र केहि एसियाली राष्ट्रहरुमा सन् १९४० पूर्ब नै सहकारी आन्दोलनले लोकप्रियता एबं महत्व बढेको इतिहासमा पढन पाइन्छ ।

सन् १८९५ को बेलायतमा सम्पन्न भएको पहिलो सहकारी काँग्रेसमा एसिया र प्रशान्त क्षेत्रका भुभागहरुबाट भारत र अस्ट्रेलियाका प्रतिनिधिहरुले सहभागी जनाएका थिए ।

लण्डनमा सम्पन्न सो काँग्रेसले अन्तर्राष्ट्रिय सहकारी एलायन्स ९क्ष्लतभचलबतष्यलब िऋययउभचबतष्खभ ब्ििष्बलअभ क्ष्ऋब्० गठन गर्यो ।

सन् १९१० मा जापान पनि सहभागी भयो त्यस लगतै सन् १९९२ मा तत्कालिन सुधारबादी नेता सनयात्सेनले चीनमा सहकारी आन्दोलनको शुरुवात गरे । दोस्रो बिश्व युद्ध पश्चात  सहकारी आन्दोलन यूरोप, अमेरिका र जर्मनीको मोडेलमा बन्न थाल्यो ।

अहिलेको समयमा भारत, चीनजस्ता महत्वपूर्ण राष्ट्रले सहकारी क्रान्ति लाई तिब्र पारेका छन् । भारतमा सन् १९०४मा आरम्भ र सोहि क्रान्तिलाई आत्मसाथ गर्दै नेपालमा सन् १८४४ को बेलायतमा प्रारम्भ भएको सहकारी आन्दोलनको ११० बर्ष पछि सन् १९५४ मा प्रारम्भ भएको थियो ।

वि.स.२०१० सालमा तत्कालीन योजना, विकास तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी बिभागको स्थापना भएको थियो । नेपालमा पहिलो पटक चितवनको बखानपुरमा वि.स.२०१३ चैत्र २० गते बखान ऋण सहकारीको स्थापनासँगै नेपालमा सहकारी दिवस समेत मनाउने गरियो ।

सहकारी क्षेत्रलाई गतिशिल बनाउनका लागि २०१६ सालमा पहिलो सहकारी संस्था ऐनको निर्माण भएको थियो । वि.स.२०१९ सालमा सहकारी बैंक ऐन निर्माण भए लगतै वि.स.२०२० साल भदौ २८ गते सहकारी बैंक स्थापना भयो, २०२० सालमा स्थापना गरिएको सहकारी बैंकलाई २०२४ सालमा कृषि बिकास बैंकमा परिणत गरियो ।

वि.स.२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात सहकारी ऐन २०४८ तर्जुमा भई लागु गरियो । सो ऐन जारी भए पछि नेपालमा सहकारी मुल्य, मान्यता तथा सिद्धान्त अनुसार सहकारी संस्थाको स्थापना र संचालन हुने कानुनी आधार निर्माण भए । अहिले बचत तथा ऋण, कृषि, स्वस्थ्य, बन, पशु, सञ्चार, पर्यटन, दुग्ध, बहुउद्देयीयजस्ता प्रकारमा स्थापना छन ।

सहकारी ऐन जारी भए पश्चात सहकारी आन्दोलनलाई ठुलो मद्दत पुग्नुका साथै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सात सिद्धान्तहरु र आठ मुल्यहरुका आधारमा सहकारी संघ सस्था धमाधम अगाडि बढ्ने बाताबरण तयार भयो ।

नेपालको अर्थतन्त्र सहकारी संस्थासँग भएको पूँजी उत्पादनको क्षेत्रमा कमी हुनु तर उपभोगको क्षेत्रमा बढी लगानी भएको पाइन्छ । जसले गर्दा पूँजी निर्माण, रोजगारीमा कमी आएको छ ।

नेपालमा वित्तीय पहुँच, समाबेशीकरण, साक्षरता, नेतृत्व विकास, पूँजी निर्माण र परिचालन जस्ता सवालमा सहकारी अगाडि बढेको देखिन्छ । केहि सहकारीमा चेतना अभिबृद्विको कमी, ब्यबस्थापनमा ह्रासका कारण सहकारी टाट पल्टनुका साथै बन्द हुन पनि पुगेको छन्।

पछिल्लो पटक सहकारीको लगानी घर जग्गा खरीद बिक्री, बैदशिक रोजगार अध्ययन, यातायात क्षेत्रमा बढी देखिन्छ, जसका कारण प्रतिफल राम्रो हुन सकेको छैन ।

सहकारीलाई कृषि उत्पादन, हाइड्रोपॉवर जस्ता क्षेत्रमा लगानी गरी रोजगार सृजना गर्न गराउन सके राज्य, संस्था, ब्यक्ति लाई समेत फाइदा पुग्ने निश्चित छ ।

हाल कति सहकारीमा बचत मात्र गरेर बस्नेको उल्लेख्य जमात छ बचत रकमलाई आवश्यकता अनुसार परिचालन गर्न सक्यो भने राज्यको कूल ग्राहस्थ उत्पादनमा थप फाइदा भई अर्थतन्त्र बलियो हुने देखिन्छ । हाल सहकारी एउटा ब्यबसायको रुपमा खडा भएको छ ।

एउटा अबिछिन्न उत्तराधिकारीवाला, स्वतन्त्र, स्वायत्त, उद्यमशील भई ब्यबसायीक संगठन हुनु नै सहकारी भएको छ।सहकारी समुदायमा आधारित, सदस्य केन्द्रित र मूल्य मान्यता सिद्धान्त, मर्म अनुरुप संचालन हुनुपर्दछ ।

छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी ब्यबस्थापन गर्ने, कार्यकुशलता वा क्षमता अभिबृद्वि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सास्कृतिक बिकास गर्ने सबल संस्था सहकारी बन्नू पर्दछ ।

नेपालमा वित्तीय पहुँच, समाबेशीकरण, साक्षरता, नेतृत्व विकास, पूँजी निर्माण र परिचालन जस्ता सवालमा सहकारी अगाडि बढेको देखिन्छ ।

केहि सहकारीमा चेतना अभिबृद्विको कमी, ब्यबस्थापनमा ह्रासका कारण सहकारी टाट पल्टनुका साथै बन्द हुन पनि पुगेको छन्। सहकारीमा जवाफदेहिता, पारदर्शिता, विश्वास्नीय, लक्ष्य क्षमताको कमी पाइन्छ। नेपालमा सहकारी संख्यात्मक रुपमा बढ्दै गए पनि गुणात्मक दिन नसक्नु सम्बन्धित निकायको अनुगमनमा ह्रास हुनु पनि एक हो, सहकारीलाई दिगो सोच, अठोटको आवश्कता छ।

आर्थिक सम्बृद्धिको पिल्लर सहकारी भएको बर्तमान अवस्थामा घरै पिच्छे देखिने सहकारीका बोर्डले अनेक योजनामा आफ्नो प्रचार प्रसार गरेको पाइन्छ ।

यो सही हो या गलत ? सहकारीमा आफ्नै परिवारको हालीमुहालि हुनु, ऋणको सुपरीवेक्षण नहुनु, कस्तो ब्यक्तिले संचालन गरेको छ, कर्मचारी कस्ता छन भन्ने कुरा नियमकले निष्पक्ष नियमन गर्न आवश्यक छ ।

अनुगमन गरी डुप्लीकेशन हुने सहकारीका सदस्यलाई खारेज गर्नु पर्छ । कार्यसमितिमा आफ्नै पारिवारिक संगठन जस्तो कार्यलाई रोक्न सक्ने परिपाटी गर्यो भने असल सहकारी मार्फत असल सदस्य बृद्धि गरी आत्मनिर्भर बनाउने र राज्यलाइ लाभ दिलाउन सके सहकारी सदाबहार सफल बन्न सक्ने र समुदायमा चुनौती कम देखिने सम्भावना छ ।



Leave a comment