Sahakari Akhabar

सहकारीका सदस्यलाई इन्फोडेभलपर्सको स्मार्ट टिभी उपहार योजना

सहकारीका सदस्यलाई इन्फोडेभलपर्सको स्मार्ट टिभी उपहार योजना :: Sahakari Akhabar

काठमाडौँ । सहकारी र लघुवित्तका सदस्यहरुलाई इन्फोडेभलपर्सले स्मार्ट टिभी र आकर्षक उपहार योजना ल्याएको छ् ।इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत अव टपअफमा उपहार योजना शुरू गरेको हो ।

यस योजना अन्तर्गत आफ्नो सहकारी र लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टपअफ गर्दा स्मार्ट टिभी र आकर्षक उपहार योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी र थप उपहारमा नोइज ब्रान्डको इअरबड्स, खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट (ब्यान्ड्स रहेको छ ।

३१ चैत्र सम्म रहने योजनाका विजेताहरुको नाम इन्फोडेभलपर्स र एम डबली (मोबाइल बैंकिङ्गको फेसबुक पेज मार्फत घोषणा गरिने कम्पनीले जनाएको छ ।

यस योजनाबाट सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य इन्फोडेभलपर्सले राखेको डिजिटल बैंकिङ्ग प्रमुख बिदित वाग्लेले बताए ।

सदस्यहरूलाई मोबाइल बैंकिङ्गको सुविधा अझै सुलभ र सजिलो बनाउनुका साथै मोबाइल बैंकिङ्ग एपको प्रयोगकर्ताहरू बढाउने लक्ष्य राखेको प्रमुख वाग्लेको भनाइ छ ।

योजनाले सहकारी तथा लघुबित्तको क्षेत्रमा मोबाइल बैंकिङ्ग एपको अनुभवमा सकारात्मक परिवर्तन ल्याउनुका साथै नयाँ सदस्यहरू बनाउने, ग्राहक संलग्नता बढाउने, र मोबाइल बैंकिङ्ग एपको प्रयोगमा वृद्धी हुने अपेक्षा गरेको कम्पनीका बजार प्रमुख रेशम भण्डारीले बताए ।

सन् २००२ मा स्थापना भएकोे इन्फोडेभलपर्स प्रालि, सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि कोर बैकिङ्ग प्रणाली, मोबाइल बैकिङ्ग एप तथा स्वचालित कार्यालय संचालन प्रणालि विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो।

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिने इन्फोडेभलपर्समा   हाल ३५० बढी कर्मचारीहरुले काम गरिरहेका छन् ।



Leave a comment